सुधारगृहका बिरामीलाई मिडियाले ललाई फकाई झुठो बयान दिन लगायो: संचालक (भिडियोसहित)

भक्तपुर। ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सिताराम घिमिरे नामक एक सेवाग्राहीको मृत्यु भएको छ। पीडितपक्षको गुनासो पछि सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन्। उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए। घिमिरेलाई पनि परिवारका सदस्यले ३ माघमा पुनर्स्थापना केन्द्रमा भर्ना गरेका थिए। घिमिरेको गत माघ ६ गते मृत्यु भएको हो।

पुनर्स्थापना केन्द्रमा घिमिरेलाई मासिक १५ हजार तिर्ने सर्तमा राखिएको थियो। मृतकका छोराले एक महिनाको रकम तिरेर पछिको महिनाहरुमा आइएमइ मार्फत रकम तिर्ने भनेका थिए।

पुनर्स्थापना केन्द्रकै स्टाफ आशिष बोहोरा भन्छन् ,’जुन दिन दाईलाई ल्याइएको थियो त्यो दिन उहालाई ह्यालुसिनेसन भएको थियो। उहा कराउने उफ्रने गर्न थाल्नु भयो। अरुलाई कुट्ने, चिच्चाउने गर्न थाले पछि हामीले माथि कोठामा लगेर हात बाँधीदियौ। हात बाधे पछि खुट्टा चलाउन थाल्नु भयो। त्यसैले हामीले खुट्टा पनि बाधीदियौ। हात खुट्टा बाधेपछि मुख छाड्न थाल्नु भयो। अनि सास फेर्न मिल्ने गरेर हामीले मुख पनि बाधिदियौ। बिहान उठ्दा त उहाको शरीर चिसो भइसकेको रहेछ। हामीले हतार हतार अस्पताल लग्यौ। अपताल लगेसी उहाको मृत्यु भइसकेको खबर थाह पाइयो।’

उनीहरुको भनाई अनुसार घिमिरेको मृत्यु संयोग मात्र परेको हो। उनीहरु भन्छन् ,’हामीले मार्छौ भनेर मारेको होइन।’ मृत्यु भएपछि उनीहरुले मृतकको छोरालाई खबर गरेका थिए।

मृत्यु भए पछि मिडियाले जबर्जस्ति पुनर्स्थापना केन्द्रमा छिरेर बिना अनुमति भिडियो साथै फोटो खिचेको त्यहाका स्टाफ कोअर्डीनेटर आङ्ग छिरिङ्ग लामाले बताए। उनीहरुले बिना अनुमति खिच्न पाईदैन भन्दा मिडियाले रवि लामिछानेलाई बोलाउ भन्दै थर्काएको भन्दै लामाले मिडियाले चाहिँ जे पनि गर्न पाउछ भन्दै गुनासो पोखे।

बाँकी हेर्नुहोस् भिडियोमा