एक खुट्टा गुमाएका केशब लामिछानेको उपचारको लागी अमेरीकामा संकलित रकम नेपाल पठाईयो

गोर्खा जिल्ला भीमसेन थापा गाउँपालिका २ का केशब लामिछानेको उपचारमा देश तथा बिदेशबाट सहयोग आउनेक्रम जारी छ । अमेरीकामा रहको नेपालीहरु, बिशेष गरेर भिमसेन थापा गाउँपालीका वडा नं. २ बाट अध्यायन तथा रोजगारीको लागी बिदेशका बिभिन्न देशमा पुगेका महानुभावहरुले आर्थिक रकम संकलन गरि नेपाल पठाएका छन् । रोजगारीका क्रममा भारत पुगेका केशब लामिछाने सडकमा हिड्दै गर्दा दुर्घटनामा परे, बाटोमा उनलाई गाडीले हान्यो र उपचारको क्रममा एउटा खुट्टा नै काट्नु पर्यो । उनि काम गरेको कम्पनिले २ महिनासम्म भारतमा उपचार गरायो र हल्का घाउ निको भएपछि नेपाल फर्कायो । आर्थिक समस्याले पिरोलिएपछि धन कमाउन गएको छोरा उल्टै एउटा खुट्टा गुमाएर नेपाल फर्कियो । पछि परिवारमा रुवाबासी भयो र उनि हाल सम्म पनि उपचार कै क्रममा छन् ।
भिमसेन थापा गाउँपालीका वाड नं. २ का बासिन्दा, देश तथा बिदेशमा रहनुभएका सहयोगी मनहरुले आर्थिक संकलन सुरु गरे । अमेरीकामा रहेका तुलसी अम्गाईको अगुवाईमा अमेरीकामा सहयोग संकलन भयो भने जापानबाट पनि मनोज अम्गाईको पहलमा सहयोग संकलन भईरहेको छ । कोरियामा रहनेहरुले पनि रकम संकलन भईहेको छ । अमेरिकामा रहेका गार्खाली समाज न्यूयोर्क लगायत सम्पूर्ण महानुभावबाट प्राप्त कुल रकम ४ हजार २ छ सय ९७ डलर नेपाल पठाईको तुलसी अम्गाईले जानकारी गराए । १÷२ दिनमै सम्बन्धीत व्यक्तिको हातमा उपलब्ध हुने उनले बताएका छन् । उनले भने ‘युवा अवस्थामै आफ्नो खुट्टा गुमाउन पुगेका केशब लामिछानेको सिध्र स्वास्थ्य लाभको कामना गर्दछु । उनले भनेका छन् आफ्नो गाउँठाउँमा आफू र आफू आबद्ध संस्थाले गर्न सक्ने सम्पूर्ण सहयोग गर्न तयार छौं र सहयोग गर्ने सम्पूर्ण सहयागीप्रति पनि उनले धन्यवाद समेत ब्यक्त गरे । केशब लामिछानेको उपचारमा थप आर्थिक सहयोगको खाँचो पर्ने हुँदा सहयोग संकलन गर्ने क्रम जारी रहेको तुलसीले बताएका छन् । जापानमा पनि मनोज अम्गाईको पहलमा सहयोग संकलन भईरहेको छ र केही दिनमा नै उक्त रकम नेपाल पठाईने मनोजले बताए । सहयोग रकम उद्घोष गर्नुभएका साथीहरुले आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।