यस्तो अवस्थामा भेटिए २ अबोध बालक; काठमाडौँकै सुकुम्बासीबस्ती भित्रको दर्दनाक कथा (भिडियो)

दोलखा घर भएकी भगवती कार्कीका २० वर्षिय जेठो छोरा ललित कार्की र कान्छा छोरा ७ वर्षीय पूर्ण कार्कीको साथमा काठमाडौँ सिनामंगल नजिकै रहेको सुकुम्बासी वस्तीमा कष्टकर जीवन जिउँदै आएकी छिन्। एक छोरीलाई भने जेनतेन उनले सरकारी विद्यालयमा पढाएकी छिन्।
अर्काको घरमा झुठो भाँडा माझ्नेर दैनिक आर्थिक जोहो गर्दै आएकी कार्कीका श्रीमान भने सधै रक्सीले मात्तेर हिड्ने गर्छन। १५ दिन देखि उनको कुनै अत्तोपत्तो छैन। यस्तो कहालीलाग्दो दर्दनाक जीवनयापन गर्दै आएकी कार्कीको श्रीमान वेपत्ता भएपछि दुई छोराको स्यारसुसार गर्नुपर्ने कारण अरुको घरमा काम गर्न जान सकेको छैनन्।

अर्का दुवै छोरा शारीरिक रुपमा अशक्त त छदै छन्। २० वर्ष भईसकेका ललित आफ्नो मुखबाट एक शब्द पनि बोल्न सक्दैनन्।

मानव कल्याण समाज भक्तपुर, नवजीवन परोपकार केन्द्र, सामाजिक अभियान्ता संजीव राउत र पिएनपिखबर डटकमको टिमको संयुक्त रुपमा यथाशाक्य सहयोग बोकेर यो सुकुम्बासी वस्तीभित्र रहेको ती दुई अबोध अपाङ्ग बालकहरुलाई सहयोग गर्ने पुगेको थियो।

सामजिक अभियन्ता सन्जीब राउतले अफिस ओहोरो दोहोरो गर्ने क्रममा यी दुई बालकलाई अलपत्र रुपमा देखेपछि सहयोगका लागि मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईलाई खबर गरेका थिए। तव वेवारिसे तथा मनोरोगी सडकमानवको व्यवस्थापन गर्दै आएको मानब कल्याण समाजले नीतिगत रुपमा आमाबुबा भएका यी २ अपाङ्ग बालकहरुलाई व्यवस्थापन जिम्मा लिन नसकेपछि बहादुरकै पहलमा खाधान्नसहित लिएर तातोन्यानो कपडा लिएर बहादुरलाई सहयोग गर्न टिम पुग्यो।

भगवती कार्कीका जेठा छोरा ललितलाई हामीसँग जाने भनेर टिमले प्रश्न गर्दा उनले सामाजिक अभियान्ता सन्जीब राउतको हात समातेर छाड्ने मानेनन्। जुन दृश्य हेर्दा जो कोहिको पनि मन रुन सक्छ।

हाम्रो सानो सहयोगले केहि दिन त उनीहरुको जीवन सरल र सहज बन्ला तर एक नेपाली भएर पूर्णरुपले दिर्घकालिन व्यवथा गर्ने सके एउटा नेपाली हुनुको गौरव र मानब हुनुको धर्म दुवै पुरा हुनेछ। अन्तिम अवस्थासम्म हामी सहयोग हस्तान्तरण गरेर निस्किदै गर्दा यी बालकले टुलुटुलु हेरिरहे।

यो भिडियो हेरेर तपाईहरुको मन पक्कै रोयो होला। आफ्नो एक गाँस काटेर भएपनि यी बालाको सहयोगका लागि तपाई हामी मिलेर एक जुट हुनु जरुरी छ। यदी यी अबोध बालकलाई सहयोग गर्न चाहानुहुन्छ भने पिएनपिखबरको अफिसियल नम्बर – ९८०५१०१८०६३ सम्पर्क गर्ने सक्नुहुनेछ। हामी तपाईहरुको थोपा-थोपा सहयोगलाई एकीकृत गरि उहालाई सहयोग गर्न तयार छौ।

हेर्नुहोस भिडियो