सुनिल र एलिशाको खुचिङ माया ( भिडियो )

स्कटनेपाल युके,

हरेक दिन नयाँ टेस्टका गीत संगीत र म्युजिक भिडियो नेपाली संगीत बजारमा सार्वजनिक भैरहेका छ्न । संगीतका माध्यम बाट नाम , दाम र सम्मान कमाउने सोचका साथ नयाँ कलाकारहरुकोहीले आगमन पनि दिनानुदिन भैरहेको छ। आफ्नो प्रोफेशनल लाइफ बाट बचेको समय गीत संगीतलाई दिदै अघि बढी रहेका गायक प्रदिप पाण्डेको नयाँ गीत खुचिङ माया केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ ।

यस गीतमा शब्द, संगीत र स्वर स्वयम् गायक प्रदिप पाण्डेको रहेको छ भने उनलाई स्वरमा साथ चर्चित गायिका मेलिना राईले दिएकी छिन। गीतको एरेन्जमेन्ट आशिष अविरलले गरेका हुन । गीतको भिडियोमा सुनिल क्षेत्री , एलिशा शर्मा र ओशन बास्तोलाको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीको निर्देशन र कन्स्पेटमा गीतको भिडियो निर्माण भएको हो।

हेर्नुहोस भिडियो :