मोवाइल मेला , उपहार नै उपहारको मेला

उपहार नै उपहारको मेला “ मोवाइल मेला “ भन्ने भनाइका साथ पोखराको महेन्द्रपुलमा अवस्थीत पोखरा मोवाइल टावरमा मोवाइल मेलाको दोस्रो संस्करण आज बाट शुरु भएको छ ।

माघ १० गते बाट शुरु भएको मेलामा बिश्वकै चर्चित ब्राण्डका मोवाइल प्रर्दशन गरिने भएका छन । करिब ८० भन्दा बढि पसल रहेको पोखराको महेन्द्रपुलमा अवस्थीत मोवाइल टावर भवनमा यो मेला आयोजना गरिएको र यो भवनलाई मोवाइल टावर भवनका रुपमा अगाडी बढाइएको छ ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य माननिय बिन्दु कुमार थापाले सो मेलाको उदघाटन गर्नुभएको छ । मेलाको उदघाटन गर्दै थापाले मोवाइल मेला पोखरामा आवश्यक रहेको बताउनु भयो । मोवाइल मेलामा ग्राहकले सर्वसुलभ मुल्यमा सामान खरिद गर्न पाउने र मेलाले मोवाइल प्रयोगकर्ता सबैलाई लाभ हुने थापाले बिचार ब्यक्त गर्नुभयो ।

१० गते बाट माघ २७ गते सम्म चल्ने मेलामा कसैले पनि खाली हात फर्कन नपर्ने मोवाइल टावर ब्यवस्थापन समितिका अध्यक्ष उदयबहादुर केसी ले जानकारी दिनुभएको छ । हरेक सामानको खरिदमा उपहारको ब्यवस्था गरिएको बताउँदै केसीले २७ गते बम्पर उपहार स्वरुप एक जनालाई यामाहाको स्कुटर प्रदान गरिने बताए ।

गमलामा पानी हालेर र केक काटेर उदघाटन गरिएको सो कार्यक्रममा बिशेष आतिथी उत्तम पौडेलले मेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।