सामुदायिक वन नै मिचेर प्लानिङ : भू-माफियाको दादागिरी (भिडियो)

भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागिश्वरीको घुमाउनेमा सामुदायिक वन नै मिचेर प्लानिङ हुँदा पनि स्थानीय निकाय भने मौन रहेको छ ।
सामुदायिक वनको जग्गामा बाटो राख्दै खड्का हाउजिङले प्लानिङ गरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रेका छन् ।

सामुदायिक वन सँगै भएको जमिनमा प्लानिङका नाममा रुख नै मासेर माटो कटान गरि उक्त सामुदायिक वन क्षेत्रबाट नै बाटो खुलाउँदै खड्का हाउजिङले उक्त स्थानमा प्लानिङ गरेपछि स्थानीयले विरोध गरेका हुन् ।

प्लानिङ गरे पनि सार्वजनिक जग्गा वनको क्षेत्र नै मिचेर प्लानिङ कसैले पनि गर्न नपाउने स्थानीय युवा प्रकास लामिछाने बताउँछन्। राजु खड्काले चलाएका खड्का हाउजिङले सार्वजनिक जग्गा डाँडा नै भासेर आफ्नो जग्गा पुर्दै मापदण्ड विपरित प्लानिङ गरेकाले आफूहरु विरोधमा उत्रेको उनको भनाई छ ।

यस्तै अर्का स्थानीय श्याम काफ्ले भने आफूहरु नै वन उपभोक्ता समितिको जग्गामा कसरी माटो सम्याईयो भन्नेमा आफूहरु चकित भएको बताउँछन् । उनका अनुसार वनको भु संरचना नै विगारेर कसरी प्लानिङ भयो भन्ने विषयमा आफूहरु अनभिज्ञ भएको बताए । उनका अनुसा आफूहरुले नगरपालिकालाई जानकारी गराउँदा केहि दिन डोजर रोकिएको तर पुन ४ डोजर लगाएर राता रात नै प्लानिङ भएको उनी सुनाउँछन् ।
आर्मी ब्यारेक लप्टन डाँडा देखि उक्त प्लानिङभएको स्थान सम्म वन क्षेत्र रहेको तथा रुख विरुवा हरु पनि रहेका थिए कसरी कसले यो प्लानिङ गर्न कसले अनुमती दियो स्थानीय निकायले किन यसमा रोक लगाएन र हेरि रहयो भनी आफूहरु चकित भएको अर्का स्थानीय बासिन्दा निराजन लामिछाने बताउँछन् ।

उक्त स्थानमा भएका पर्ती जग्गा र वनको क्षेत्र मिचेर भएको प्लानिङ लाई रोक लगाउनु पर्ने पर्ति संरक्षण समितिका अध्यक्ष एवं वागिश्वरी गाविसका पूर्व अध्यक्ष राधाकृष्ण लामिछाने बताउँछन् । उनका अनुसार उक्त स्थानमा ५० फिट भन्दा बढि सार्वजनिक वन क्षेत्र भासिएको र उक्त माटो आफ्नो जमिनमा फिलिङ गरि प्लानिङ भएको पाईएको उनले बताए । साथै उक्त जमिन भास्नु मात्र नभई सार्वजनिक जग्गाबाट नै बाटो बनाउँदै प्लानिङका कित्ता विक्री गर्न लागेका कारण आफूहरु यसको विरोधमा उत्रेको उनले बताए ।