काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा आयुष्मान र शिल्पाको ‘सानो मन’ मुहूर्त

स्कटनेपाल,

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मको बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो ।

मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन-कट रहनेछ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् ।

फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । आलोक शुक्लाले फिल्म खिच्नेछन् ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ । निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।