रत्यौलीमा चेली उत्कृस्ट अभिनय : अहिले सम्मकै सुपर हिट रत्यौली (भिडियो सहित)

स्कटनेपाल,

माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रदेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव भएको थियो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायत गरी ३५० वटा कक्ष रहेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यो महोत्सवको उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण रहेको थियो ।

महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी कार्यक्रमसमेत राखिएको आयोजक संस्थाले जनाएको छ ।

प्रदेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवले रत्यौली प्रतियोगिता पनि राखेको थियो ।

हेर्नुहोस कस्तो छ रत्यौली ?