दुवै हात खुट्टा गुमाएका कृष्ण ओलीलाई हङकङबाट २५ लाख सहयोग हस्तान्तरण (भिडियो सहित)

झापा। विधुतीय हाइटेन्सन तारबाट करेन्ट लागेर २ हात, १ खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीको सहयोगार्थ हङकङमा उठेको नेपाली २५ लाख रुपैयाँ आज हस्तान्तरण गरिएको छ।आज बुधबार काठमाडौँमा केही मिडिया र सिङ्गपुर पुलिसका रिटायर्ड चिफ ईन्स्पेक्टर धीरज गुरुङको रोहबरमा पीडित कृष्ण ओलीलाई उक्त रकम हस्तान्तरण गरिएको कृष्ण ओली सहयोग अभियानका एक संयोजक काजी गुरुङले बताए।

विधुतीय हाइटेन्सन तारबाट करेट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्ण ओलीका लागि कृतिम हात र खुट्टा जोडिदिनका लागि १२ दिन चलाएको उक्त सहयोग अभियानबाट २५ लाख नेपाली उठाउन सफल भएको गुरुङले बताए। तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।