शालिग्राम पौड्याल लिखित “मेरो जीवन यात्रा ” नामक आत्म संस्मरण कृतिको लोकार्पण गरियो

भरतपुर १२, बसन्त चोक, चितवन

माघ ७ गते आयोजित एक समारोहमा शालिग्राम पौड्याल लिखित “मेरो जीवन यात्रा ” नामक आत्म संस्मरण कृतिको लोकार्पण गरियो । लेखकको जीवनका महत्त्वोपूर्ण संस्मरणहरुलाई समेटिएको उक्त कृतिलाई शब्दार्थ प्रकाशले प्रकाशित गरेको हो । ९४ बर्सिय पोखरा बैदामका नन्द किशोर पाहारी को सभापतित्त्वोमा भएको उक्त कार्यक्रममा समालोचक डा एकनारायण पौडेल, बरिष्ठ कथाकार

डा दीनबन्धु शर्मा, डा बिष्णु शंकर पौडेल र लेखकका परिवार समेतले संयुक्त रुपमा लोकार्पण गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै डा एकनारायण पौडेलले शालिग्राम पौड्यालको परिवारमा रहेको उच शिक्षित जनशक्ति एउटा बिश्वो बिध्य्यालय चलाउन समेत प्रयाप्त रहेको र यस्तो जनशक्ति निर्माणमा पौड्यालको महत्वोपूर्ण भूमिका रहेको बताउनु भयो ! कथाकार डा दीनबन्धु शर्माले अनुसासन, रास्ट्रियता, पितृ मातृ भक्ति र शिक्षाका दृस्टीले यो एउटा अद्भुत परिवार हो भनि चर्चा गर्नु भयो ! कार्यक्रमका संचालक एबम पुस्तकका सम्पादक साहित्यकार रामहरि पौड्यालले आफ्ना पिताका संग्घर्षका रोमाञ्चक पद चिन्हहरु परिवारका निम्ति एउटा ठूलो मार्ग निर्देशक दस्ताबेज बनाउने उध्हेश्यले पुस्तक प्रकाशन गर्नु परेको कुरा बताउनु भयो । लेखकका जेठा छोरा डा बिष्णुहरि पौड्यालले पिताज्युको सफलताको पछाडी केन्द्रिय भूमिका आफ्नी आमा दुर्गादेवी पौड्यालको रहेको बताउनु भयो ।

कबि होमनाथ पौडेलले शालिग्राम पौड्यालको जीवनीमा आधारित मीठो कबिता बाचन गर्नु भएको थियो भने सप्ताह माहयग्यका मूल पण्डित छबि रमण देवकोटाले आशिर्बचन दिनु भएको थियो । उक्त कार्यक्रम लेखक शालिग्राम पौड्यालको चौराशी पूजा र श्रीमद भागवत महायज्ञ सप्ताहको अबसरमा आयोजना गरिएको थियो । यसमा लेखकले जिल्ला प्रसासन रोडमा निर्माणाधीन शिब पाञ्चायन मन्दिरको निर्माणको लागि जग्गा दान गरेकाले ब्यबस्स्थापन समिति र पौड्यालका परिवारका तर्फबाट भाई हरिराज पौड्यालले अभिनन्दन पत्र पढेर सुनाउनु भएको थियो उक्त अबसरमा अभिनन्दन र रथारोहण गरिएको थियो ।