नेपाल आइडलका सुरज थापाले रुवाउने गीत बनाए ३ करोड नेपालीलाई “आएन परदेशी ” ( भिडियो )

स्कटनेपाल,

नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका छन् | पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा उतारेका छन् | लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् | गायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ | भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ |

गायक सुरज थापाकै शब्द, संगीत तथा एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन । भिडियोमा कलाकारहरु मन बहादुर थापा (बाबा), कबी राम थापा (जेठा बाबा), दिल माया थापा (आमा), चन्द्र बहादुर थापा (दाजु), तारा थापा (बहीनी), आरुशी परीयार , बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरब थापा (भाई),जुनु थापा (छोरी), मुख्य फिचर्ड रहेका छन् ।

हेर्नुस भिडियो