चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने निर्देशक शोभित बस्नेतको निर्देशनमा

निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्री बहादुर’लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् ।

ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर करिब एक करोडको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ ।यस चलचित्र बाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत ,रामकाजी घिमिरे लेखन,शिब बिकको नूत्य निर्देशन , शंकर महर्जनको द्वन्द रहने छ ।चलचित्रमा रामजी राउत र ज्ञान कुमार मुख्य सहायक निर्देशन रहने छ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।

चलचित्र लमजुङ्ग,काठमाडाैं ,धरानर संखुवासभाको विभिन्न ठाउमा छायांकन गरिने छ।कमेडी चलचित्र ‘बद्री बहादुर’लाई तीजमा रिलिज गरिने निर्देशन बस्नेतले जानकारी दिएका छन् ।