बमजनको आश्रममा देखियो विदेशीहरुको हुल

लामो समयदेखि तपस्यामा बसेको भनी चर्चामा आएका युवा राम बहादुर बमजनको चर्चा झनै व्यापक बन्दै गईरहेको छ। बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै बमजन माथि विभिन्न किसिमका आरोप लाग्न शुरु भएको छ।

बमजनको आश्रमबाट वेपत्ता भएका पाँच जना अनुयायीहरुको खोजी कार्य चलिरहेको छ । बेपत्ता परिवारले खोजतलास गरेपछि फेरी उनी चासोको विषय बनेका छन् । यससँगै ‘तपस्वी’ रामबहादुर बमजनको आश्रममा भएका भनिएका शंकास्पद गतिविधिका प्रमाण भेटिएको प्रहरी स्रोतले बताएसंगै बमजनको यस विषयतर्फ सबै नेपालीको ध्यान केन्द्रित भएको छ।

विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । बमजनको सिन्धुलीआश्रममा यतिबेला विभिन्न जिल्लाका गरी १४जना अनुयायीहरु बसिरहेका छन् ।

सिन्धुलीमा बमजनको ३ दिने विशाल प्रदशन पनि गरिएको थियो जसमा ७ हजार भन्दा धेरै अनुयायीहरुको उपस्थितमा पुजा भएको थियो । गत विहिबार देखि मैत्री पुजाको निम्ति र गुरु बमजन माथी लागेको आरोप विरुद्ध गुरुको सुरक्षाको निम्ति हजारौं प्रतिनिधिहरु स्वस्फूर्त रुपमै पनि बमजनको विशाल शक्ति प्रदर्शन गरिएको थियो। ती अनुयायीहरुको लामो भिडमा विदेशीहरुको पनि चहलपहल थियो । पदयात्रामा रसिया, भेतनाम, क्यानाडा, चीन, पोल्याण्ड, मलेशिया, डेनमार्क, कम्बोडिया, थाईल्याण्ड आदि देशहरुका नागरिक समेतको बाक्लो उपस्तिथि देखिन्थ्यो।