नेपाली डान्सर सुशान्त खत्रीको अभिनयमा नयाँ नेपाली गीत “डल्ली मोरी” (भिडियो सहित)

स्कटनेपाल युके,

चर्चित भारतिय टेलिभिजन रियालिटी शो बाट चर्चामा आएका नेपाली डान्सर सुशान्त खत्रीको अभिनयमा नयाँ नेपाली गीत ” डल्ली मोरी ” डिजिटल बजारमा सार्वजनिक भएको छ। लभ भर्सनको यो रमाइलो गीतको भिडियोमा एलिशालाई माया गर्दै जिस्काउदै गरेको देखिन्छन् ।

यस गीतमा स्वर अरुण तामाङको रहेको छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन्। गीतमा सङ्गीत अरुणले नै भरेका हुन्। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन । गीतको भिडियोलाई राजीव समरले निर्देशन गरेका हुन्। भिडियोमा सुशान्तलाई नायिका एलिशा शर्मासँग देख्न सकिन्छ।

गायक अरुण तामाङको पहिलो सांगीतिक कोसेली ” डल्ली मोरी ” केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ । संगीतलाई आफ्नो जीवन मान्ने गायक तामाङ हाल अमेरिकामा बस्छन् । बिदेशमा बसे पनि नेपाली संगीतलाई मनै बाट माया गर्छन् र संगीतमा केही गर्ने सोचका साथ अघि बढीरहेका छ्न ।

डल्ली मोरी बोलको यस गीतमा शब्द र संगीत स्वयम गायक अरुण तामाङको रहेको छ । गीतमा शब्द सौरभ तिम्सिनाको रहेको छ । गीतको एरेन्जमेन्ट मोहित मुनालले गरेका हुन ।
बुद्ध थापाले खिचेको गीतको भिडियोमा सुशान्त खत्री र एलिशा शर्माको अभिनय रहेको छ । राजिव समरको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो।

हेर्नुहोस भिडियो :