को हो समर लभका नायक आशिष पियाको प्रतिष्पर्धी ? यसो भन्छन आशिष, हेर्नुस् भिडियो सहित

इटहरी/ उपन्यासकार सुबिन भट्टराईको उपन्यास समर लभको कथामा निर्माण गरिएको नेपाली चलचित्र समर लभ यही माघ २५ गतेबाट देशभर प्रर्दसनमा आउदै छ । यहि क्रममा टिम यतिबेला देश दौडाहामा छ । ईटहरि आईपुगेको टीमले पनि फिल्मको बारेका जानकारी गराएको छ । कुराकानीमा फिल्मका मुख्य नायक आशिष र नायिका रेवती ले निक्कै रमाईलो गरे । कुराकानीमा आफुहरुको लभ चक्कर नभएको तर एउटा बेष्ट फ्रेन्ड चाहि भएको सुनाए । अझ धेरै कुराको लागि तलको भिडियो हेर्नुहोला ।

कुराकानीकै क्रममा ‘छायांकनको क्रममा कति टेक सम्म खानु भयो ?’ भन्ने प्रश्नमा जवाफ पनि निक्कै रमाईलो दिएका छन् । फिल्ममा माया, प्रेम र विछोडलाई समेटर साहित्यकार भट्टराईले लेखेको उपन्यासलाई वास्तविक रुपमा जस्ताको तस्तै उतारिएको छ । चलचित्रमा अभियन गर्ने कलाकारहरुको जिवन्त अभियन र नाई नभन्नु ल ३ जस्तो सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालको निर्देशनले समेत चलचित्रलाई उत्कृष्ट बनाएको छ ।
चलचित्रको प्रचारप्रसारका लागि निर्माता श्रेष्ठ , इन्दु भण्डारी नायक आषिश पिया, नायिका रेवती श्रेत्री लगायतको टोली पुर्वी नेपालमा रहेको छ । दुई करोड ८० लाख बढीको लागत रहेको चलचित्र समर लभ नेपालका विभिन्न ठाउँहरुका साथै नर्वे, सिंगापुर र मलेशियामा समेत छायांकन गरिएको छ । चलचित्रमा आशिष र रेवतिको अलावा सरोज खनाल, सुरजसिहं ठकुरी, नम्रता सापकोटा लगायतका कलाकारहरुले अभियन गरेका छन ।

हेर्नुहोस भिडियो :