बिचित्र संसार : पुनर्जन्म पाएका सुवास जसले आफ्नै चिहान हेरे

कोहि सुन्दर सपना बोकेर विदेशियो। विदेशी भूमिमा केहि घटना घट्यो। मृत्यु भयो। बाकसमा शब आयो। रितिरिवाज अनुसार दाहा संस्कार पनि गरियो। फेरी मरेको मानिस जिउदो भएर आयो भन्ने कुरा हामीले कुनै दन्त्य कथामा मात्र सुनेका छौ। सायद तपाइले पनि यस्तो वास्तविक जीवनमा घटेको सुन्नु भएको छैन होला। तर अहिले नेपालमै घटेको यस्तै घटनाले देश देखि विदेशसम्मका सबै चकित परेका छन्। चकित पनि किन नपरुन। कल्पना समेत नगरिएको घटना कसैको जीवनमा साच्चै घट्छ भने जोकोहीलाई पनि आश्चर्य लाग्नु स्वाभाविक हो।

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा एक व्यक्तिको बिदेशमा मृत्यु भई शव समेत ल्याई काजकिरिया गरिसकेको अबस्थामा जिवितै फर्किएपछि उनलाई हेर्न आउनेको संख्या दिनप्रतिदिन बढदै गएको छ। देशमा कुनै रोजगारीको अवसर नभएपछि धन कमाएर सुखी जिवनयापन गर्ने र सन्तानलाई राम्रो शिक्षादिक्षा प्रदान गर्ने सपनाका साथ उनी विदेशिएका थिए। श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि उनकी श्रीमती सन्तोषी तामाङ बिक्षिप्त बनिन । उनी इन्तु न चिन्तु भईन्। सुन्दर भिविष्य बनाउने सपना बोकेर गएका सन्तोषीको श्रीमान बाकसमा फर्किन्छन् भनेर उनले कल्पना समेत गरेकी थिईनन्। श्रीमानको मृत्यु भएको खबर सुने पछि उनलाई सल्यान दिएर राख्नु परेको थियो। पछि पतिको शव नेपाल ल्याएर आफ्नै हातले दाहसंस्कार समेत गरिन। गह भरिको आशु मनभरीको पिडा उनी एकदम अत्तालिएर अबको जीवन कस्तो होला भनेर चिन्तित हुन थालिन्।

सन्तोषीका श्रीमान् सुवास साउदी गएको १ वर्ष मात्र भएको थियो । भोजपुरको कुदाक काउले स्थायी घर भएका सुवास मोरङमा बसाईं सर्दाको साढे सात लाख रुपैयाँ ऋण तिर्नका लागि २०७१ सालमा साउदी उडेका थिए | ऋण तिरौला, केहि रकम बचत गरौला, छोराछोरीको भविष्य सुन्दर बनाउला भनेरै उनी मन भरि सपना साचेर नचाहादा नचाहादै विदेशिन बाध्य भए।

दाहसंस्कार गरेको भनिएका सुवास पछि जीवित नै रहेको खबर आयो। केही महिनापछि उनका श्रीमान सुवास तामाङको फोन आयो । उनी अरुले जिस्काएको भनेर शुरुमा उनले पत्याईनन। उनी मुर्छा नै परिन । पछि बारम्बार फोन आएपछि विदेशमै रहेका आफन्तहरुमार्फत उनी जिवितै भएको कुरा थाह पाएपछि उनलाई विश्वास गर्ने आधार बन्यो । उनका श्रीमान भन्छन, ‘हामी तलब झिक्न गएर रातको १ बजे तिर ट्याक्सीमा रुम फर्किने क्रममा दुर्घटना भयो। ट्याक्सीमा ५ जना नै नेपाली थियौ। ट्याक्सी ड्राइभरको मृत्यु भयो जुन शव मेरो घर आइपुग्यो। म कोमामा रहेछु, ३ महिना पछि मात्रै होस् आयो।’ तिन महिना पछि उनको होस् खुले पछि उनले आफ्नो पासपोर्ट र मृत्यु दर्ताको सर्टिफिकेटसहित आफु भनि अरुकै मृत शव नेपाल पठाएको

उनी कम्पनीकै पहलमा पछि घर फर्किए। नेपाल आएर उनले आफ्नै चिहान हेरे। आफ्नै श्रीमतीमार्फत दाहसंस्कार गरिएको शवको चिहान हेर्दा उनको मन चसक्क भयो। चिहानमाथि पुरै घास उम्रिसकेको थियो। चिहान वरिपरि घुमेरे उनले आफ्नै भनिएको चिहान हेरे। उनी भावुक भए।

मृत्यु भएको भनिएका ती ट्याक्सी ड्राईभर कपिलवस्तुका टेकेन्द्र भण्डारी रहेछन। पछि खबर सुनेपछि सुवासको घर आएर सामान्य विधि गरी चिहानको माटो लिएर मृतककि आमा फर्किएको सन्तोषीले बताईन। मृतकका परिवारमा पनि निकै आर्थिक अभाव रहको छ। मृतकका बाबुले दुई श्रीमती रहेछन उनी कान्छी पट्टिका एक्लो छोरा थिए। खबरअनुसार विवाह भईसकेका टेकेन्द्रको श्रीमतीले ३५ लाख रकम र सन्तान लिई अर्कैसँग भागेकी थिइन्।

यो समाचार कसरि सामाजिक संजाल आयो त ? सुर्यदय टिभीमा पहिलो पटक यो समाचार आएको थियो। उक्त भिडियो ट्रेन्डिंगमा पर्न सफल भएको थियो। वास्तवमा मृतककि आमाले सपनामा आफ्नो छोरा देखिन्। छोराले उनको सपनामा आएर मेरो मृत शव अर्कै ठाउँमा गाडिएको छ भने। त्यसपछि उनले केहि मिडिया बोलाएर सपनामा देखेको कुरा भनिन्। मृतकको आमाको सपना फलो गर्दै सुर्यदय टिभीले खोजखबर गर्न थाल्यो। यसरि मृत भनिएका सुवाष होइनन् कपिलवस्तुका टेकेन्द्र भण्डारी हुन् भनेर पत्ता लाग्यो। उता सुवासले पनि म जिउदै छु भनेर साउदीबाट फोन गरे।

३ महिना कोमामा बसे पछि उनले बिउझाना साथ घर परिवार सम्झे। घर जान खोजे तर उनलाई जान दिइएन। उनको पासपोर्ट र डेथ सर्टिफिकेट कपिलवस्तुका टेकेन्द्र भण्डारीको शब सँगै नेपाल पठाईएको हुनाले उनी गैरकानुनी रुपमा साउदी बसेको देखियो। गैर कानुनी रुपमा बसेका कामदारलाई घर फ़र्काइदा उनी पनि जाने कागजात तयार पारे तर दुर्घटनामा उनको औठा छाप हान्ने औलामा काटिएको हुनाले उनको औठा छाप म्याच हुन सकेन। उनी काम गरेको कम्पनिले उनलाई हरप्रकारले सहयोग गर्यो। अन्त्यमा कम्पनीकै सहयोगमा उनि कोमाबाट बिउझिएको करिव १८ महिना पछि नेपाल फर्केर आए।

काजक्रिया गरिसकिएकोले उनी डाइरेकत् घर छिर्न नपाउने भए। केहि दिन टहरोमा बसेर उनलाई घर भित्र लगियो। घर भित्र भकारीमा नाग्लोले छोपेर राखियो। उनको आमाले उनलाई पुनर्जन्म भयो भन्दै भकारी बाट झिकिन। बल्ल उनले नँया जन्म भएको स्वरुपमा आफ्नो घर छिर्न पाउने भए। उनले विवाह गरिसकेका श्रीमतीलाई पनि उनले फेरी विवाह नगरुन्जेल भेट्न नपाउने भए। त्यसैले उनले फेरी विवाह गरे अनि श्रीमतीसँग पुनर्जन्म भए पश्चात भेटे।

यसरि सन्तोषी र सुवासले पुन विवाह गरेका हुन्। १२ वर्ष अघि भागेर बिहे गरेका सन्तोषी र सुवासको यो पालि भने परिवार र आफन्तको उपस्थितिमा बिहे भयो । मरेका श्रीमान् फेरि पाउँदाको खुसी सन्तोषी शब्दमा व्यक्त गर्न सक्दिनन् । दुर्घटनामा परेका उनका श्रीमान् पहिलेकै जस्ता त छैनन्, तर उनको साथ र सहयोग छ । उनी अहिले राम्ररी बोल्न सक्दैनन्। उनका निधार र दिमागमा ठुलो चोट लागेको छ। उनी सानो कुरामा पनि झन्नक रिसाउँछन। दुर्घटना स्वरुप उनको स्वास्थ्यमा भने अहिले केहि समस्या रहेको छ। अब उनी पहिलाको जस्तो हट्टाकट्टा छैनन्। यद्दपि उनीहरु दुखसुख गरेर जीवन विताईरहेका छन्।

सरकारले सहयोग स्वरुप दिएको केहि रकम दिएता पनि उक्त रकम घर बनेको ऋण तिर्नमा नै ठिक्क भयो। अहिले उनको एउटा सफारी छ। त्यही सफारी चलाएर उनी दैनिक २०० / ३०० जति कमाउछन्। उनको श्रीमतीलाई पत्थरी भएको छ। आर्थिक स्थिति कम्जोर भएकोले उनले उपचार समेत गराउन सकेका छैनन्।

विद्यालयले यो वर्ष त उनका दुई सन्तानलाई निशुल्क पढाईदिएको थियो। तर अबको नँया शैक्षिक वर्ष पछि नपढ़ाउने भएको छ। दैनिक २०० कमाइले अब कसरि घर खर्च धान्ने ? उनलाई यो प्रश्नले सताईरहन्छ। मरेर पनि उनी जीवित त भए तर बाँकिको जीवन बाचेर पनि कतै मरेतुल्य त हुने हैन ? मिहिनेत गर्छु, काममा दिनरात खट्टीन्छु भन्दा पनि अब उनको शारीरिक अवस्थाले उनलाई साथ दिदैन। कसैले केहि आर्थिक सहयोग गरे उनको जीवनमा ठुलो राहत पुग्ने थियो। मृत्युको मुखबाट बाचेर आएका उनलाई सहयोग गर्नु तपाई हाम्रो मानवीय धर्म पनि हो।

सुवास तामाङलाई सहयोग गर्न चाहाने सहयोगी मनहरुले उनको मोबाइल नम्बर ९८१३८५३६९५ मा सम्पर्क गर्न सक्नुहुन्छ। उनले शृजना फाइनान्स लिमिटेडमा खाता पनि खोलेका छन् जस्तो खाता नं. हो ०१००१०१०४००१०७४० ।

सके आर्थिक सहयोग नसके यो भिडियोलाई सक्दो शेयर गरेर भए पनि सुवास तामाङलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ।

हेर्नुहोस भिडियो :