रबि लामिछानेले गरे बिबाह, डिभोर्सपछि छिट्टै बिहे गर्नुको बास्तबिक कारण यस्तो छ

पत्रिकार रबि लामिछानेले आज काठ्माण्डौं जिल्ला अदालतमा बिबाह दर्ता गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका हुन् ।
रवि र निकिता केही महिनादेखि प्रेममा थिए । सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् ।
उनले भनेका छन् ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’अहिले कोर्ट म्यारिज गरिए पनि आगामी बैशाखमा परम्परा अनुसार बिबाह गर्ने उनीहरुको योजना छ । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् ।