कृष्ण ओलीको घरमा यति धेरै सहयोग रकम लिएर पुगे लोक गायक किरणबाबु:कृष्णको बारेमा रुदै गीत गाएपछि किरणलाइ हेर्दै भक्कानिए कृष्ण र रुपा (भिडियो)

काठमाडौं- सानैमा जीम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओली ठुलो सपना थियो आफ्नी जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने । कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ २५ कृष्ण र रुपाको जीवनमा । अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्कोदिन निकै दुखद बनेर आयो ।

सोहि दुखलाई सुखमा परिणत गर्न चर्चित लोक गायक किरण बाबु पुन र तिलक परियारको टिम रु २ लाख ७० हजार भन्दा बढी आर्थिक सहयोग रकम लिएर कृष्ण ओलीको घर सम्म पुगेका छन।उनि दाङको तुल्सिपुरमा विद्युत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे । घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे । ११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पच्छारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो ।
अर्कैको गल्तिको शिकार भए उनि । साँझपख बिद्युतको लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाले साहुले लाईन अन गर्दिएपछि उनलाई करेन्ट लाग्यो । लाग्ने बित्तिकै भुईमा झरे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।
देश तथा विदेशमा हुने मनाकारी नेपालीहरुले उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर 0770503165205001 मा जम्मा गर्दिएर सहयोग गर्नुहोला । सके सहयोग गरौँ नसके सेयर गरौँ ।