अन्तत :रवि लामिछाने र निकिता पौडेलले गरे बिबाह , रविले सबैलाई मार्मिक हुँदै यस्तो भने (भिडियो सहित)

दमक झापा । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।रविले भने हामी बैबाहिक जिबनमा बाँधीयौ रबि लामिछानेले आफ्नो व्यक्तिगत जिबनमा नयाँ मोड लिएको बताउदै निकिता पौडेल संग काठमाडौं जिल्ला अदालतमा बिबाह दर्ता गराएको बताएका छन् ।यति चाँडो बिबाह गर्ने योजना नरहेको तर उनीहरुको बिषयलाई लिएर सामाजिक संजालमा खोजबिन भएपछी एक अर्काको खाँचो परेकोले छिटो बिबाह गरेको रविले बताएका छन् । भिडियोमा हेर्नुहोला ।