सबैलाई चकित पार्ने ११ बर्षिय बालक, सडकमा गित गाएर भाबुक बनाऊछन् ! अशोक दर्जी जस्तै बहु प्रतिभासाली बालक

शिशिर बुढाथोकी,
अत्यन्तै बिपन्न परिवारमा जन्मिएका बाल गायक अशोक दर्जी सडकमा गित गाएर ८ बर्षको उमेरमा आफ्नो परिवारलाइ आर्थिक रुपमा सहयोग गर्थे । सानो उमेर, च्यातिएका कपडा र धुलो मैलो भएर सडक सडकमा गित गाउँदै २/४ रुपैया माग्दै दुख गर्थे । त्यस्तै झापाको दमकमा बिक्रम लावती नाम गरेका बालक भेटिए । रहर हैन बाध्यता पर्यो उनलाई सडकमा गाउँन । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्तै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न जानुभएको छ तर उहाको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । उनको १ हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न उनि स्कुल छुट्टि भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन ।

सबैको मनमा बस्ने जादुमय स्वर भएका बिक्रम अहिले काका संग बसेको १ बर्ष पुग्यो । करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमानै रात बिताउछन् । सडकको पेटीमा बसेर गाउँदै मागेको अवस्थामा मैले देखे उनको त्यो जादुमय स्वरले मलाई मार्मिक बनायो किनकि बिक्रमले सडकमा बसेर अत्यन्तै मार्मिक गित गाउँदै थिए । सानो उमेर ,च्यातिएका कपडा र धुल्लो मैलो अवस्थामा रहेका बिक्रमलाइ भेटेर खाजा नास्ता खुवाए । अनि उनि संग बसेर अलिकति भालाकुसारी गरेको छु । उनको स्वर सुनेर कृपया आफ्नो आफ्नो प्रतिक्रिया ब्यत गर्दिनुहोला र उनलाई तपाई हाम्रो सहयोगको अत्यन्तै खाचो छ । यदि उनको प्रतिभा मन पर्यो भने सम्पूर्ण नेपाली माझ पुराउन सबैले यो भिडियो सेयर गर्दिनुहोला ।

हेर्नुहोस भिडियो :