भक्तपुरको त्रिशुल डाँडामा भेटिए यस्तो डरलाग्दो अघोर बाबा (भिडियो सहित)

कलकत्तामा जन्मिएका कालिनाथ अघोर बाबा नेपाललाई आफ्नो कर्मभुमी मान्दछन। उनी नेपालमा २०२२ सालमा आएका थिए। उनी २६ वर्ष देखि भक्तपुरको त्रिसुल डाँडामा बस्दै आएका छन्। सेतै फुलेको कपाल, गला भरी थरीथरीका माला पहिरिएर बस्ने यी अघोरबाबाले कन्दमुलमात्र खाने गर्दछन। उनलाई चामल वा अन्य खानेकुरा खाएमा स्वास्थ्य नै विग्रिने गर्दछ।

नेपालको वातावरण, ठुला-ठुला हिमाल र प्राकितिक सौन्दर्यले उनलाई तानेको उनी बताउँछन। उनी तिर्थस्थलहरु प्राय घुमिसकेका छन्। उनी विकास निर्माण कार्यमा पनि लागेका छन्। उनको अनुसार, पाँचखालमा बाटो बनाउने, बालबालिकाको लागि विद्यालय देखि विभिन्न ससाना मन्दिरको स्थापना गरेका छन्। उनले अघोरको काम भनेको जनकल्याण गर्नु बताए। उनले २०७२ सालको भुकम्प गएको बखतमा भत्किएको स्कुलको पुर्ननिर्माण पनि गरेका छन्। उनलाई एक अमेरिकन साथीले दिएको पैसा स्कुलको निर्माणमा लगाएको उनको भनाई छ।

उनलाई भेट्न पहिलाका राजाहरु पनि हेलिकप्टरबाट आउने गरेको बताए। उनी भन्छन, ”राजा र राजकुमारहरुसँग मेरो सम्बन्ध राम्रो थियो।” उनले थपे, ”राजसंस्था मलाई मनपर्छ। ज्ञानेन्द्रसरकारको हातबाट मैले झण्डा, पन्छमुखी हनुमान ल्याए।” जनताले चाहे भने राजसंस्था आउने बताए।

अघोरी बाबा र अघोर बाबा अलग रहेको बताउने उनी भन्छन, ”अघोर बाबाले कन्दमुलमात्र खाने गर्छन भने अघोरी बाबाको खानपानमा रोक छैन र मान्छेको मासुपनि खान्छन तर नेपालमा अघोरी बाबाले मान्छेको मासु खाएको देखेको छैन।” उनी हालै त्रिसुल डाँडामा गोरखनाथ मन्दिरको स्थापना गर्नेमा लागि परेका छन्।