सिन्धुली आश्रममा पुग्दा जे देखियो, बमजनको यस्तो आलिशान घर र महँगो गाडी: पछिल्लो अपडेट

जंगलकाबीचमा ८ वटा टहरा छन् । टहराक्षेत्रको बाहीरी घेरामा काँडेतारको बार लगाइएको छ, तारबार नाँघेर कोही पनि भित्र प्रवेश गर्न सक्दैनन् । रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रममा पुग्दा पहिलोपटक पुग्ने जो कोहीको पनि मनले आत्तेस खान्छ । खोंचमा रहेको आश्रम कहिँकतैबाट देखिँदैन, जंगलबीचको यो खोंचमा हतपत मानिसहरु पुग्दैनन् ।
आश्रम आसपासका मानिसहरु नै यसवारे बेखवर जस्तै छन्, यहाँ हुने क्रियाकलाप र धन्दाबारे बाँडेगाउँवासीलई पत्तो छैन । आश्रमबाट १५ मिनेटको उकालो यात्रापछि पुगिने थलडाँडाका स्थानीयलाई पनि आश्रमबारे केहि जानकारी रहेनछ । आश्रममा प्रवेश निषेत्र नै गरिएपछि आश्रमभित्रका कृयाकलापबारे स्थानीयले कुनै चासो नै लिएनन् ।

२०७० साल असोज ४ गते ‘तपस्या’ का लागि भन्दै रामबहादुर बमजन बाँडेगाउँको टोड्केभीरमा आइपुगेका थिए । जंगलबीचको ८० रोपनी जग्गा खरिद गरि लिएर बमजनका अनुयायीहरुले आश्रम बनाएका थिए।

बमजन आश्रममा यतिबेला विभिन्न जिल्लाकागरि १४ जना अनुयायीहरु बसिरहेका छन् । आश्रममा बसेकामध्ये सिन्धुपाल्चोकका भने कोहीपनि छैनन् । ०७२ को भूकम्पमा बमजन यहि आश्रममा थिए, भूकम्पको केहि महिनापछि उनी आश्रम छाडेर निस्किएका थिए । भूकम्पपछि यो आश्रम छाडेका उनी हालसम्म फर्कीएका छैनन् ।

बमजनका त्यस आश्रमको वरपर कुनै घर छैनन्। पहिला १३ ओटा घर भएको र हालसबै बसाईसराई गररे गएको बमजनका एक अनुयायीले बताए। उनको अनुसार त्यहाँ बस्ने पहिलाका स्थानीय वासिन्दाले बमजनलाई स्वइच्क्षा बचेको र कति भक्तले त जग्गा नै गुरुलाई चढाए। यति धेरै सम्पति भएर पनि एक सानो छाप्रोमा बसेको देख्दा भक्तहरुको मन रोएको कारण रकम संकलन गरेर ८७ लाखको बस्ने भवन बनाइदिएको मणि लामाको भनाई छ।

पैसा संकलन गरेर बमजनको निम्ति बनाइएको भनिएको घर आलिशान महलभन्दा कुनै कम छैन। उक्त आलिशान घर ठुलो कम्पाउण्डको बीचमा छ। कम्पाउण्डमा महँगो गाडी पार्किङ्ग गरिएको छ। हेर्नुहोस बमजन बस्ने आलिशान महल भिडियोमा