दृष्टिविहिन सिग्देल भन्छन : सानो टहरा मात्र बनाउन सके पनि गाउँनै फर्कने थिए (भिडियो)

भक्तपुर : कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ । दृष्टिविहीनसँग संसार हेर्ने दृष्टि छैन तर पनि ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेका हुन्छन । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती र समस्या छ ।
धादिङ्गमा जन्मिएका नारायण सिग्देल जन्मजात नै दिष्टिविहीन हुन्। उनको आखाँको ज्योति नभए पनि उनीसँग ज्ञानको ज्योति छ। उनी धादिङ्गबाट पढाईको सिलसिलामा २०४६ सालमा काठमाडौँ आए। उनले त्यति बेला पढाईलाई निरन्तरता दिएर उनले ब्रेल लिपीको माध्यमबाट आई.एडसम्म पढे। खानी मुखलाई झुंगाले छेक्दैन भने झैँ उनी दृष्टिबिहिन भएर पनि उनमा पढ्ने लगाबका कारण गाउँबाट राजधानीसम्म आएर अध्ययन गरे जुन कति कठिन थियो होला भन्ने हामी आफै अनुमान लगाउन सक्छौ।
हालै उनी भक्तपुरको बनेपामा कोठा लिएर बसेका छन। उनको परिवारमा श्रीमती, एक छोरा एक छोरी छन्। उनले मागी विवाह गरेका थिए। उनकी श्रीमती कान कम सुन्छिन। उनको ९ वर्षीया छोरी र १५ महिनाको सानो छोरो छ। उनको ठुलो छोरी संस्थाको सहयोगमा गोदावरी लाइन्स भिजनमा निशुल्क पढ्ने व्बस्था छ तर कापी कलम आफै किन्दिनु पर्ने भएकाले त्यो किन्दिन पनि नारयणलाई समस्या छ।

नारायण सिग्देल फुटपाथमा वेट मेसिन राखेर आफ्नो गुजारा चलाईरहेका छन्। उनी बनेपाबाट रत्नपार्कको फुटपाथसम्म गएर वेट मेसिनको काम गर्छन। यस बाहेक उनका अन्य कुनै आयश्रोत छैन। यति आम्दानीले उनलाई दैनिकी गुजारा चलाउन मुस्किल छ। उनलाई त्यति टाढा गएर वेट मेसिन राखेरभन्दा पनि घरबाटै केहि सीपमुलक काम गर्ने इच्छा छ तर आर्थिक अभाव कै कारण उनको सपना पुरा हुन सकेको छैन।

उनी भन्छन, ’’सीप मसङ्ग धेरै छ, विभिन्न साबुन र मैनबत्ती बनाउन सक्छु तर यी सामग्री किन्नको लागि मसङ्ग यति पैसा छैन।’’ उनी बनेपामा कोठा लिएर बसेका छन् तर उनलाई कोठाभाडा तिर्न निकै धाउधाउ परेको छ।

उनी सहयोगको अपेक्षा गर्दै पिएनपिको मिडिया कार्यालय आफै खोज्दै आईपुगेका थिए। उनी धादिङ्गमा भएको आफ्नो सानो जग्गामा घर बनाएर बस्न चाहान्छन तर आर्थिक अभावको कारण उनी गाउँ फर्कन सकेका छैनन्। उनले कमाएको पैसाले भाडा तिर्नसमेत सक्दैनन। सात महिना देखि भाडा तिर्न सकेका छैनन्। बनेपा देखि काठमाडौँसम्म बसमा यात्रा गरेर कमाउन जान्छन। बसमा पनि अपाङ्ग भनेर निकै हेला हुने गरेको बताए। उनी यस शहरबाट दिक्क भएर आफ्नो थलोमा हाँसी खुशी जीवन विताउन चाहान्छन।

कुनै व्यक्तिले सहयोग गर्न चाहेमा त्यो अमुल्य रहने र पछि आफुले केहि गरेर देखाउने उनले बताए। उनले अपाङ्ग, पिछडिएको व्यक्तिहरुको सहयोग गरेमा म लगायतका अपाङ्गहरु आभारी रहने बताए। उनी भन्छन, ”५० हजार जति मात्रै भए पनि म सानो छाप्रो हालेर बस्न पाउथे।”। यदि इच्छुक महानुभावहरुले नारायण सिग्देललाई सहयोग गर्न चाहनु भएको खण्डमा तलको नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुनेछ : ९८६८३४८६१९