स्वस्थानी ब्रत कथा सुरू (कथा भाग-१ सुन्नुहोस्)

एक महिना लामो स्वस्थानी ब्रतकथा आजबाट सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म विवाहित महिलाले पतिको दिर्घायुको कामना गरेर र अविवाहतिले असल पति पाउँ भनी स्वास्थानी ब्रत बस्ने गर्दछन् ।

स्कन्द पुराणका अनुसार सत्ययुगमा भगवान् विष्णुको सल्लाहमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेपछि मनोकांक्षा पूरा भएको थियो । व्रतालुहरूले पूजाआराधनापछि श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने र श्रवण गराउने चलन छ ।

हिन्दू महिलाहरु व्रत अवधिभर शारीर शुद्ध गरी मध्याहृनकालमा एकपटक मात्र भोजन गर्ने गर्छन् । राजधानीबाट १७ किलोमिटर उत्तर पूर्वमा अवस्थित साँखुमा रहेको शाली नदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिंग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वास्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।

हेर्नुहोस यो भिडियो