‘लिटिल स्टार अफ द इयर २०१९’ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले चुम्न सफल भए

काठमाडौं,

‘लिटिल स्टार अफ द इयर २०१९’ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले चुम्न सफल भएका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि) तर्फको बिजेता बन्न सफल भएका हुन् । सबै बिजेताले शिर्ष उपाधिका साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत हात पारे ।
७ देखि १४ बर्षसम्मका ६५ बालबालिकाको सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सि) गरि भिन्न भिन्नै तीन समुह बिभाजन गरिएको थियो ।

शनिबार अबेरसाँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप(ए) तर्फ बेलिश्ना जीसी फष्टरनर अफ, एन्जेल वान्तावा सेकेण्ड रनरअफ, सुनिश्का मिश्रा, थर्ड रनरअफ र नेरिया न्यौपाने फोर्थ रनरअफ चँुनिदा ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रममा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअफ घोषित भए ।
त्यस्तै ग्रुप (सि) थर्फ भने पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफको उपाधि चुम्न सफल सफल भए ।

बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगितामा लिटिल स्टार आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी, लिटिल प्रिन्सेज सम्बृद्धी ओझा, लिटिल प्रिन्स प्रकृत केसी घोषित भए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिता केही बर्षदेखि नियमित आयोजना हुँदै आएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, तेन्जु योन्जन, सन्तोष भुजेल लगायतको बिभिन्न प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए । प्रतियोगीताको कोडिनेटर गीता पुरी रहेकी थिइन् ।
ब्लू–क्रस अस्पतालका निर्देशक रजत श्रेष्ठ, अनुप शक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोबिन्द राई, रुक्सा वैद्य, आकांक्षा भट्टराई, मिस्टर नेपाल २०१७ अक्क्ष जंग रायामाझी अन्तिम स्पर्धामा निर्णायक रहेका थिए ।