प्रचण्ड समेत हेरेको हेरेई भय, बोलमायाकी अन्जली हट अवतारमा उत्रिदा (भिडियो रिपोर्ट)

माघ ५, काठमाडौं ।

८ महिना अघि सार्वजनिक लोकगीत ‘बोल माया’ गीतकी मोडल अन्जली अधिकारीले एपिक नेपाल म्युजीक अवार्डमा लोकगीत तर्फको महिला मोडलको अवार्ड हात पारेकी छिन् । आफ्नो अभिनयबाट सबैको मन जितेकी अन्जली बोलमाया गीतबाटै अवार्ड हात पारेकी हुन् ।

त्यसै समारोहमा अन्जलीको नयाँ लुक्सले धेरैको ध्यान केन्द्रित गर्यो । गएको शुक्रबार राजधानीको ठमेलस्थित छायासेन्टलमा मोडल अन्जली पुग्दा धेरैलाई केहिबेर ठम्याउन गाह्रो पर्यो । प्राय साधारण भेषमा देखिने अन्जली एपिक नेपाल म्युजीक अवार्ड समारोहमा बोल्ड अवतारमा देखिइन् । त्यो पनि फरक हेयर स्टाइलमा । त्यसैले पनि उनलाई ठम्याउन गाह्रो पर्यो ।

नारायण रायमाझी, प्रकाश सपूत र शान्ती श्री परियारको स्वरमार रहेको बोलमाया गीतबाट उत्कृष्ट मोडलको अवार्ड पाउँदा खुसी लागेको उनी बताउँछिन् । साथै यसै गीतपनि उनलाई दर्जनौं म्युजीक भिडियोका लागी अफर आएका छन् । बिशेषगरी दर्शक रुवाउने म्युजीक भिडियोको अफर आउने गरको उनी बताउँछिन् ।

भिडियो रिपोर्ट हेर्नुहोस् ।