झापामा अशोक दर्जीकै सैलीमा भेटीए यी बालक, अत्यन्तै मार्मिक गित गाएर सबैलाई रुवाए (भिडियो सहित)

झापा दमक । करिब ७/८ महिना पहिले झापाको दमक लगायत अन्य ठाउमा गित गाएर आफ्नो परिवार पालिरहेका बाल गायक अशोक दर्जी अहिले नेपालको चर्चित बाल गायक भएका छन् । दुख र परिस्थितिले उनलाई बाटोमा गाउने बनायो । उनको स्वरको राम्रो मुल्यांकन गरेर गायक तथा संगीतकार टंक बुढाथोकीले गित रेकर्ड गराएपछि उनि रातारात हित भए । अहिले अशोक दर्जी काठमाडौँमा पढाईलाइ र आफ्नो सांगीतिक करियरलाइ निरन्तरता डिरहेका छन् ।

अशोक दर्जी जस्तै एक जना झापाको दमकमा बिक्रम लावती नाम गरेका १० बर्सिय बालकको पनि झन्डै कथा उस्तै रहेछ । मिठो स्वर भएका बिक्रम आफ्नो हात भाचिएको भएर उपाचार गर्न गित गाउँदै सानो उमेर मा बाटोमा हिडेको बताउछन् । आर्थिक अवस्था कम्जोर तथा बुबा र ममी देखि टाढा रहेका बिक्रमको पढाई राम्रो संग खुलाउन सकेका छैनन् । उनको बारेमा हामीले सानो अन्तरबार्ता लिएका छौ । बिक्रमको स्वर कस्तो लाग्छ ? तपाईहरुले प्रतिक्रिया दिनुहोला । उनको प्रतिभा मन परेमा यो भिडियोलाइ धेरै नेपाली सहयोगी हात सम्म पुराउन सहयोग गर्दीनुहोला ।