सन्तोषीका श्रीमान काजकिरिया गरेको १८ महिनापछि जिवितै फर्किए : दोश्रो विवाह यसरी भयो

स्कटनेपाल,

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा एक ब्यत्तिको बिदेशमा मृत्यु भई शव समेत ल्याई काजकिरिया गरिसकेको अबस्थामा जिवितै फर्किएपछि उनलाई हेर्न आउनेको संख्या दिनप्रतिदिन बढदै गएको छ। देशमा कुनै रोजगारीको अवसर नभएपछि धन कमाएर सुखी जिवनयापन गर्ने र सन्तानलाई राम्रो शिक्षादिक्षा प्रदान गर्ने सपनाका साथ उनी विदेशिएका थिए। श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि उनकी श्रीमती सन्तोषी तामाङ बिक्षिप्त बनिन । उनलाई सल्यान दिएर राख्नु परेको थियो। पछि पतिको शव नेपाल ल्याएर दाहसंस्कार समेत गरिन।
सन्तोषीका श्रीमान् सुवास साउदी गएको १ वर्षमात्र भएको थियो । भोजपुरको कुदाक काउले स्थायी घर भएका सुवास मोरङमा बसाईं सर्दाको साढे सात लाख रुपैयाँ ऋण तिर्नका लागि २०७१ सालमा साउदी उडेका थिए |

दाहसंस्कार गरेको भनिएका सुवास पछि जीवित नै रहेको खबर आयो। केही महिनापछि उनका श्रीमान सुवास तामाङको फोन आयो । उनी अरुले जिस्काएको भनेर शुरुमा उनले पत्याईनन। उनी मुर्छा नै परिन । पछि बारम्बार फोन आएपछि विदेशमै रहेका आफन्तहरुमार्फत उनी जिवितै भएको कुरा थाह पाएपछि उनलाई विश्वास गर्ने आधार बन्यो । उनका श्रीमान भन्छन, ‘हामी तलब झिक्न गएर रातको १ बजे तिर ट्याक्सीमा रुम फर्किने क्रममा दुर्घटना भयो। ट्याक्सीमा ५ नै जना नेपाली थियौ। ट्याक्सी ड्राइभरको मृत्यु भयो जुन शव मेरो घर आइपुग्यो। म कोमामा रहेछु, ३ महिना पछि मात्रै होस् आयो।’ उनी कम्पनीकै पहलमा पछि घर फर्किए। उनी अहिले राम्ररी बोल्न सक्दैनन्। उनका निधार र दिमागमा ठुलो चोट लागेको छ। उनी सानो कुरामा पनि झन्नक रिसाउँछन।
मृत्यु भनिएका ती ट्याक्सी ड्राईभर कपिलवस्तुका टेकेन्द्र भण्डारी रहेछन। पछि खबर सुनेपछि सुवासको घर आएर सामान्य विधि गरी चिहानको माटो लिएर मृतककि आमा फर्किएको सन्तोषीले बताईन। मृतकका परिवारमा पनि निकै आर्थिक अभाव रहको छ। मृतकका बाबुले दुई श्रीमती रहेछन उनी कान्छी पट्टिका एक्लो छोरा थिए। खबरअनुसार विवाह भईसकेका टेकेन्द्रको श्रीमतीले ३५ लाख रकम र सन्तान लिई अर्कैसँग भागेकी थिइन्।

सन्तोषी र सुवासले पुन विवाह गरेका छन्। १२ वर्ष अघि भागेर बिहे गरेका सन्तोषी र सुवासको यो पालि भने परिवार र आफन्तको उपस्थितिमा बिहे भयो । मरेका श्रीमान् फेरि पाउँदाको खुसी सन्तोषी शब्दमा व्यक्त गर्न सक्दिनन् । दुर्घटनामा परेका उनका श्रीमान् पहिलेकै जस्ता त छैनन्, तर उनको साथ र सहयोग छ । अहिले उनीहरु दुखसुख गरेर जीवन विताईरहेका छन्।
हेर्नुहोस भिडियो तल :