यसरी भयो बमजनको विशाल शक्ति प्रदर्शन सिन्धुलीमा, हजारौ भक्तजन उर्लिए (भिडियो)

भक्तपुर,

रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रममा पुग्दा पहिलोपटक पुग्ने जो कोहीको पनि मनले आत्तेस खान्छ । खोंचमा रहेको आश्रम कहिँकतैबाट देखिँदैन, जंगलबीचको यो खोंचमा हतपत मानिसहरु पुग्दैनन् ।
आश्रम आसपासका मानिसहरु नै यसवारे बेखवर जस्तै छन्, यहाँ हुने क्रियाकलाप र धन्दाबारे बाँडेगाउँवासीलई पत्तो छैन । २०७० साल असोज ४ गते ‘तपस्या’ का लागि भन्दै रामबहादुर बमजन बाँडेगाउँको टोड्केभीरमा आइपुगेका थिए । जंगलबीचको ८० रोपनी जग्गा खरिद गरि लिएर बमजनका अनुयायीहरुले आश्रम बनाएका थिए ।

आश्रम बनेपछि स्थानीयकै नेतृत्वमा आश्रम व्यवस्थापन समिति बन्यो, त्यसको नेतृत्व स्थानीय बिदुर तामाङले लिए । आश्रम व्यवस्थापन समितिका अध्यक्ष उनै बिदुर तामाङ पनि आश्रमभित्रका क्रियाकलाप र गतिविधिबारे अनविज्ञ छन् ।

बमजन आश्रममा यतिबेला विभिन्न जिल्लाकागरि १४ जना अनुयायीहरु बसिरहेका छन् । आश्रममा बसेकामध्ये सिन्धुपाल्चोकका भने कोहीपनि छैनन् । ०७२ को भूकम्पमा बमजन यहि आश्रममा थिए, भूकम्पको केहि महिनापछि उनी आश्रम छाडेर निस्किएका थिए । भूकम्पपछि यो आश्रम छाडेका उनी हालसम्म फर्कीएका छैनन् ।

पछिल्लो समयमा लिटिल बुद्धकाे नामले प्रख्यात रामबहादुर बम्जनलाई अहिले उनकै अनुयायीहरूकाे बलातकार, बेपत्ता पार्ने जस्ता अभियाेग लाग्दै आएको छ। यस विवादको जरासम्म पुग्नको लागि निरन्तर मिडियाहरु लागि परिरहेका छन्। हालै बमजनसँग जोडिएका धेरै कुराहरु मिडियामार्फत एक पछि अर्को गर्दै आइरहेको छ।

अहिले समाचार माध्यम, प्रहरी र जनताको नजर बमजन र उनी बस्ने आश्रमतर्फ बढिरहेको छ। यस विवादको जरासम्म पुग्नको लागि निरन्तर मिडियाहरु लागि परिरहेका छन्। हालै बमजनसँग जोडिएका धेरै कुराहरु मिडियामार्फत एक पछि अर्को गर्दै आइरहेको छ।

विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

यस बिचमा सिन्धुली आश्रममा बमजनको पूजा भएको छ । ७ हजार भन्दा धेरै अनुयायीहरुको उपस्तितीमा पुजा भएको थियो । गत विहिबार देखि बमजनको बिशाल शक्ति प्रदर्शन गरिएको छ। उक्त पदयात्रामा टाढा देखि धाएर हजारौ अनुयायीहरुको सहभागिता रहेको थियो।

हेर्नुहोस् भिडियो