‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज – आफ्नो गाउँ चिनाउनुहोस, पुरस्कार जित्नुहोस

जब चिनिनेछ तपाइँको गाऊँ ठाउँ, तब खुल्नेछ तपाइँको आफ्नो पहिचान ! तपाईका वरपर पर्यटकिय सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि स्थान, पर्व, संस्कृति, खानपिन वा अन्यकुनै विषयवस्तु छन् भने ५ मिनेटसम्मको भिडियो बनाई हामीलाई पठाउनुहोस्, जसले पर्यटकहरूलाई आकर्षित गर्न सकोस् !!!
मौका यही हो आफ्नो गाऊँ ठाउँलाई संसारभर चिनाउने !‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा सहभागि हुनुहोस, अनि जित्नुहोस नगद लगायतका थुप्रै पुरस्कार !

प्रतियोगिताका नियमहरू….
१. यो प्रतियोगितामा समावेश हुने भिडियो अधिकतम ५ मिनेटको हुनुपर्नेछ ।
२. प्रतियोगितामा समावेश हुने भिडियो सम्भवत पर्यटकिय सम्भावना भएको तर ओझेलमा परेको बिषयवस्तुहरु भएमा राम्रो । जस्तो कुनै गाउँ, ठाउँ, चाडपर्व, ग्रामिण पर्यटन, जैविक विविधताको क्षेत्र, जातजातीको संस्कृति, खानपिन, संग्राहलय आदी ।
३. भिडियोमा यि ठाउँ र बिषयको जानकारी दिनुका साथै नयाँ पर्यटकहरुले भिडियो हेरेर आउन सक्ने किसिमको हुनुपर्छ ।
५. भिडियोमा एउटै सटका दृष्य भन्दा पनि फरक फरक हुनु आवश्यक छ ।
६. भिडियोमा संलग्न गरेको संगीत, दृष्य, सम्वाद निर्माताको मौलिक सिर्जना हुनुपर्छ । अन्य स्रोतवाट झिकेको संगीत, दृष्य र सम्वादलाई प्राथमिकता दिईने छैन ।
७. भिडियो निर्माण गर्नु भन्दा अगाडी कुन बिषयमा निर्माण गर्न लागेको हो सो कुराको जानकारी आयोजक wwrf.org.np मा रहेको भिडियो च्यालेन्जमा रहेको फर्म भरेर दिनुपर्ने छ ।
८. यो प्रतियोगिता २०१९ जनवरी १ देखि २०१९ अप्रिल ३० तारिखसम्म चल्ने छ ।
९. निर्माण भएको भिडियोलाई गुगल ड्राइभ वा ड्रपबक्समा अपलोड गरेर वि वील राईज फाउण्डेसनको ईमेल we.will.rise.nepal@gmail.com मा पठाउनु पर्ने छ ।
१०. यो प्रतियोगितालाई कुनै किसिमको शुल्क लाग्ने छैन ।
११. प्रतियोगितामा समावेश भएको भिडियोलाई ५ जनाको निर्णायक समितीले छनोट गरेर विजेता घोषणा गर्ने छन् ।