पाँचथरमा चर्चित ब्याण्ड नेपथ्य हेर्न उर्लियो जनसागर (भिडियो)

पाँचथर,

वेलुकाको ठिक बज्यो, पूर्वका पहाडी जिल्लाका दर्शकहरु १ घण्टा अगावै पाँचथर सदरमुकाम फिदिमको फिदिम मावीको खेलमैदानमा आइरिसकेका थिए । ठिक ५ बजे देखी पर्दामा काउनडाउन सुरु गरिएको छ । जब ६ बज्यो दर्शकको चिच्याहट सुरु भयो । सुरुमा नेपथ्यका केही भिडिउो हेर्दानै दर्शक उत्साहित भैसकेका थिए । जव अमृत गुरुङ स्टेजमा आए पूर्वका दर्शकको उत्साह अनौठो देखियो ।

माघको चिसोमा कपडा खोलेर नाच्नेदेखी मान्छेले मान्छेलाई बोकेर फल्ने सम्मका हर्कत दर्शकले गरे । रेशम, जोमसोमै बजार, गाउँ गाउँबाट उठ, कोशीको पानी लगायतका दर्जन वढी सांगितिक प्रस्तुती दिएको नेपथ्य टिम समेत सन २०१९ को पहिलो कार्यक्रम फिदिममा गर्न पाउँदा उत्साहित बनेको छ । पाँचथरमा भएको कार्यक्रम हेर्न इलाम, तेह्रथुम, ताप्लेजुङ लगायतका क्षेत्रबाट गाडी रिजर्भ गरेरै दर्शक ओइरिएका थिए भने पाँचथरका गाउँ गाउँ बाट समेत दर्शकको ओइरो लागेको थियो । पाँचथरको इतिहाँसमै अहिले सम्मकै ठुलो कन्सर्ट आयोजना भएको आयोजकहरुले बताएका छन् ।

हेर्नुहोस भिडियोमा