अशोकका भगवान डिजे रुपक धुरु धुरु रुदै गरेको अवस्थामा भेटिए, आँखा भरि आँशु पार्दै सबैलाइ यसो भने (भिडियो सहित)

दमक झापा । ‘भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीतले १ करोड भिउज पाएको छ । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीतलाइ सबैले मन पराउनु भयो । गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । अशोक दर्जी को यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ । यो गितमा अलिकति अभिनय गरेका अशोकका गड फादर डिजे रुपकले एक छोटो चलचित्रमा अभिनय गरेका छन् ।

संदेश मोतेको निर्देशनमा बनेको यो छोटो चलचित्र माया होस् त यस्तोमा डिजे रुपक ,समिर सुबेदी ,निशा एम्बुंग र बाल कलाकार एलिशा मोतेको अभिनय रहेको छ । पूर्वका विभिन्न ठाउमा छायांकन भएको यो छोटो चलचित्र देशका भिभिन्न ठाउमा च्यारेटी सो गर्ने जानकारी बताउनु भएको छ । सुटिंगस्थलमा पुग्दा देखिएको दृश्य तल भिडियोमा हेर्नुहोला ।