बुगि वुगि बिजेता कबिता नेपाली लभ रोमान्टिक गीतमा फिचर : गीतमा सुनिलको स्वर

स्कटनेपाल काठमाडौँ,

गायक सुनिल सिंह ठकुरिको नयाँ गीत “धेरै टाढा।” सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा, विशेष गरि सम्बन्धमा आईपर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको छ । गीतकार चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन, उनि पेसाले इन्जिनिएर हुन । बिदेसमा हुदां विभिन्न कारणबस तुरुन्त्त घर आउन समस्या पर्ने भएकोले सम्बन्धमा पर्ने आउने असर गीतमा महसुस गराउन खोजिएको छ । कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ । डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको छ । यस अघि सुनिलको जानी नजानी ….”बोलको गीत पनि नेपाली साङितिक आकसमा निकै चर्चामा आएको थियो ।

बुगि वुगि बिजेता कबिता नेपाली लाई फिचर गरिएको गीतमा कबिता र निराजन प्रधान लाई फिचर गरिएको छ । नाच्न माहिर कबिता लाई लभर गर्ल फिचर गरिएको यस गीतले युटुबमा सार्वजनिक भको १२ घन्टामा ५६,००० भियोर्स र सकारात्मक प्रतिकृया पाएको छ । सफल भिडियो निर्देसक अर्जुन अधिकारिले निर्देशन गरेको यश भिडियो लाई उत्सब दाहालले खिचेका हुन। भिडियो लाई बिकास दाहालले सम्पादन गरेका छन।

हेर्नुहोस भिडियो :