बाल गायक प्रिन्सको बेजोड प्रस्तुतीले चितवन महोत्सवमय

राजेन्द्र आचार्य

चितवन, २ माघ । चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै महोत्सवमय बनेको हो ।
पूर्वी चितवन महोत्सवबाट सुरु भएको मेला महोत्सव गर्ने क्रम प्रथम खैरहनी महोत्सव, चितवन हात्ती महोत्सव हुदै १२ औँ संस्करणको चितवन महोत्सव,खिचरा महोत्सवले जिल्लाको महोल नै तातेको छ ।

मेला महोत्सवमा सबैभन्दा बढी आर्कषण सांगितिक प्रस्तुतीमा दर्शकहरुले मनोरञ्जन लिने गर्दछन् । जसका कारण यतिवेला कलाकार, गायक गायिकाहरुको चटारो समेत बढेको छ ।
एकपछि अर्को महोत्सवमा आफ्नो प्रस्तुती दिन भ्याईनभ्याई छ । यतिवेला राष्ट्रिय स्तरमा चर्चा कमाएका देखि स्थानियस्तरका कलाकार र गायक गायिकाहरु व्यवस्त छन् । यि मध्ये एक हुन् अहिले चर्चाको शिखरमा रहेका बाल गायक प्रिन्स सिल्लवाल ।

११ बर्षिया प्रिन्स “न मानामा नापिन्छ माया” बोलको गीतबाट साँगितक क्षेत्रमा प्रवेशसगैँ उनको यतिवेला सुरिलो स्वर र फरक प्रस्तुतीका कारण लोकप्रिय बनेका छन् । जसका कारण उनी यतिवेला महोत्सवमय बनेको चितवनमा व्यस्त छन् ।

चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौँको गोल्डेन होराईजन एकेडेमी बालाजुमा कक्षा ५ मा अध्ययनरत प्रिन्सको दैनिकी समेत फेरिएको छ । जाडो मौसमा घर विदामा आउदाँ प्राय रमणीय सौराहा घुम्नेसगैँ आफ्ना परिवार र साथीसगँ रमाउने उनी अहिले विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुती रोचक कसरी बनाउने भनेर व्यस्त बनेको बताए ।
“पढ्ने वेलामा पढ्न पर्यो,पहिलो गीत भन्दा दोश्रो गीत छिटो बजारमा आएपछि सबैको माया पाए, उत्साह बढ्यो । अनि पहिलो गीत समेत केहिदिनमा भिडियोसहित सार्वजनिक गर्दै छु उनले भने । ममी र बाबाको साथले हौसल मिलेपछि, कसरी स्टेजमा राम्रो प्रस्तुती दिनेर भनेर स्कुल विदाको समय वित्छ ।”

एक हप्ता विदामा आएका प्रिन्स यतिवेला गृहजिल्ला चितवनका विभिन्न मेला महोत्सवमा आफ्नो दुई गीत र “दाई रुमाल भाउजुलाई मन पर्यो ” गीत गाएर सबैको मन जितेका छन् ।
उनी स्टेजमा पुगेपछि सबैजना सन्चै हुनुहुन्छ, अनि र्दशकलाई प्रश्न गर्छन् तपाईहरु मायामा नाप्न सक्नुहुन्छ ? तुलामा नि भन्दै दर्शकको साथ लिदै प्रस्तुती दिदै आएका छन् ।
“पहिलो गीत रेर्कड भो, अनि लगत्तै राम्रो भएपछि दशैमा नै दशै विशेष गीतका कारण लोकप्रिय भएरपछि मेला महोत्सवमा बाबुको प्रस्तुती दिन पर्यो भनेर खबर आउदाँ म पनि खुसी छु गायक प्रिन्सका बुबा रमेश सिल्लवालले भने, अहिले बाबुलाई लिएर गएर गीत आउदाँ वान्स मोर आउदाँ निकै खुसी छु । ”

सौराहाकै चितवन हात्ती महोत्सवमा स्टेज प्रफमेन्स राम्रोभएपछि, उनले जिल्लामै आयोजना भएको चितवन महोत्सव, खिचरा महोत्सव, क्याम्पाचौर फुड फेष्टिवल निकै राम्रो प्रस्तुती दिए ।
“हामी त अचम्म पर्यौँ चितवनका संगितकार प्रसाद श्रेष्ठले भने निकै राम्रो गीत गाउने मात्र होईन्, स्टेजमा समेत बबाल गर्दा हामी चकित पर्यौँ, सम्भावना छ, चितवनलाई फेरि चिनाउनेमा विश्वस्त छु ।”