कसरी बनिन् एकाएक करोडपती… ? कुनै समय अरुको घरमा काम गर्ने देखि बालुवा बोक्न समेत् बाध्य भएकी बसुमाया (भिडियो सहित)

स्कटनेपाल युके,

बसुमाया तामाङ अचारदिदी नामबाट प्रख्यात छिन्। उनको यो उपनाम विगत ८ वर्ष देखिको निरन्तर अचार उद्योगमा लागि परेर पाएकी हुन्। उनको अचार अहिले देश देखि विदेशसम्म विक्री हुने गर्छ। काठमाडौँको मनमैजुमा अवस्थित ‘नेपाली मन उद्योग ‘की उनी संचालिका हुन्। अहिले नेपाली मन उद्योगको चर्चा सर्वत्र रहेको छ।
यस उद्योगमा अर्ग्यानिक विभिन्न थरीका अचार पाइन्छन। जस्तै ;- टिमुरको अचार, चिकेन अचार, बफ अचार, माछाको अचार आदि रहेको छ। हातैद्वारा तयार पारिएको यी अचारहरु ससाना मार्ट देखि ठुला ठुला डिपार्टमेन्ट स्टोरहरुबाट खरिद गर्न सकिन्छ।

अचारबाट ख्याति कमाएकी बशुमायाले विगतका दिनहरुमा निकै संघर्ष गर्नु परेको बताइन। उनी हिमालीभेगमा जन्मिएकी हुन्। बुबाको पल्टनको जागिर थियो तर त्यस ठाउँमा छुवाछुत धेरै हुने र स्कुल जाँदा पनि अरुले होच्चाउने गरेका कारण उनको बुबाले सबपरिवार काठमाडौँ ल्याए। काठमाडौँ आएपछि झन् दुख माथि दुख थपियो।

उनी विगतको पाना पल्टाउदै भन्छिन, ‘त्यस समय म दश वर्षको थिएँ । वुवाआमालाई होटल र घरको काममा सघाउदैँ मैले दश कक्षा पास गरेँ । २०४८ सालतिर स्कुल बिदा हुँदा घर र होटलको कामसँगसँगै मोजा पट्याउने तथा चर्खाबाट धागो निकाल्ने काम गरेर पैसा कमाउथे । वुवाको मृत्यु भइसकेपछि भने मेरो काँधमा घरको जिम्मेवारी आयो । घर चलाउन धौ–धौ भयो । बल्लतल्ल पद्मकन्याबाट उनले आईए पास गरेँ त्यसपछि भने पढाइमा पूर्णविराम लाग्यो । विवाह भयो तर सम्बन्ध धेरै टिक्न सकेन। बाँच्नका लागि मैले बालुवा चाल्ने, मैनबत्ती बनाउने, चर्खा काट्ने सबै काम गरेकी छु।’

यसरी काम गर्ने क्रममा मैले ठेलागाडा राखेर सडकमा मःम, चप, सेकुवा, ससेज आलुफ्राई पनि बेचेँ । मःम र ससेजसँग दिएको टिमुरको अचार ग्राहकहरुले निकै रुचाए ।, ‘उनले थपिन।

घरको आँगनबाट शुरु गरेको व्यवसायले उनलाई व्यवसायिक हुन सिकायो । यसैबाट कमाएर करिब चार लाख जम्मा पारी उद्योगमा लगानी गरेकी छिन् भने आजको दिनमा उनले अचार उद्योगमा १४ जनासम्मले रोजगारी दिएकी छिन्। अहिले उनी करोडपतिको गिन्तीमा नाम राख्न सफल बनेकी छिन्। उनी सबैका लागि एक उदारणीय महिला बनेकी छिन्।

हेर्नुहोस भिडियो