१३सय नेपालीलाई अलपत्र पारेर ५० करोडबेसी ठगी; कारवाहीमा किन आलटाल सरकार ?

रोजगारीको शिलशिलामा बिभिन्न म्यानपावर कम्पनी मार्फत टर्कीको इस्तानबुल कम्पनी पुगेर त्यहाँ कार्यरत कयौ नेपालीअरु अलपत्र परिरहेका छन्।
वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै ‘डेल्टा स्विफ्ट नेपाल’ले एकै पटक सयौं नेपाली युवालाई टर्की पठाइ अलपत्र पारेर करोडौं रुपैयाँ ठगी गरेको पाइएको छ। टर्कीमा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर म्यान पावरले करोडौं रुपैयाँ ठगी गरेको टर्की पुगेर अलपत्र परेर फर्किएका पीडित युवाहरुको भनाई छ।

टर्की पुगेका ३ सय ३० जना अलपत्र परेका पीडित युवा नेपाल फर्किसकेका छन् भने ९ सय युवा अझै टर्कीमै अलपत्र परेको फर्केका पीडितहरुले बताएका छन्। उनीहरुले करिब ३ लाख नगर तिरेर गएका थिए तर त्यहाँ पुगेपछि जुन काम भनेर गएको त्यही काम गर्न नदिई उतैको कम्पनीबाट फिर्ता पठाईएको पिडित पक्ष बताउँछन्।

उनीहरूले लागेको खर्चबापत ५० प्रतिशत रकम पाउनु पर्ने माग राखेका छन्। केहि दिन अघि वैदेशिक रोजगार विभागमा पीडितहरुले म्यानपावर कम्पनी बिरुद्ध ठगीको उजुरी दर्ता गराएका छन्। उजुरीमा युरोनेपाल म्यानपावरले १ करोड २० लाख भन्दाबढी रकम ठगेको वैदेशिक रोजगार विभागले जनाएको छ।

एकै पटक युरो नेपाल म्यानपावर कम्पनीले १३ सयभन्दा बढी युवाबाट टर्की पठाउने भन्दै अरु पनि करोडौं ठगी गरेको हुन सक्ने अनुमान विभागले गरेको छ। टर्कीबाट ठगिएर फर्किएका पीडित युवाका अनुसार म्यानपावरले उनीहरुलाई टर्कीमा आल्मोनीयम देखि कारपेन्टरको काममा भन्दै आइजीए कम्पनीमा पठाइएको थियो।

दैनिक १३ घण्टा र मासिक २८ दिन काम गर्दा समेत तलब मासिक ३ डलर सयको हाराहारीमा मात्रै पाएको गुनासो पीडितले गरेका छन्। अमानवीय व्यवहार भएपछि म्यानपावरलाई खबर गर्दा कुनै वास्ता नगरेपछि आफ्नै खर्चमा ३ सयजति पीडित युवा नेपाल फर्किएका छन्। युरोनेपाल म्यानपावर कम्पनीले टर्की पठाउने क्रममा एकैचोटी पठाएका व्यक्तिसँग समेत मनपरीका दरले रकम असुली गरेको पाइएको छ। टर्की जाने क्रममा नुवाकोट घर बताउने पुर्सोतम अधिकारीलेले करिब ३ लाख बुझाएका छन् । उनी ८ महिनापछि फर्किन बाध्य भएका हुन्। उनले वैदेशिक रोजगार विभागमा दोषीमाथि कारवाही गरी लागेकोमा आदि रकम फिर्ता गरिनुपर्ने माग गरेका छन्।

हालै मेनपावर नै बन्द छ। पीडित युवाहरुका अनुसार कम्पनीमा नेपाली कामदारहरुको सुपरभाइजरको जिम्मेवारी पाएका स्पतरी घरभएका प्रकाश परियारले उनीहरुलाई राम्रो काम र कमाइको प्रलोभन देखाएर रकम असुली गरी टर्की पठाएका थिए।

कम्पनीले सातसय बोनस पनि दिने बताएर टर्कीमा झुकाएर परियारको उपस्थितिमा हस्ताक्षर गराएको आरोप छ तर पछि त्यो कागजजातमा टर्कीमा हुँदा पनि खुशी भएको र नेपाल पुगेपछि कुनै कानुन नलाग्ने भन्ने पेपर रहेको पिडितहरुको भनाई छ। पछि दिन्छु भनेको सातसय डलर पनि पाएका छैनन्।

देशको बढ्दो बेरोजगारीले आक्रान्त नेपाली युवा रोगजारीको सिलसिलामा विदेश जाने गरेका छन्। तिनै सोझा नेपाली युवालाई विकसित मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दो मात्रामा देखिन्छ। पछिल्लो समयमा खाडी मुलुकहरुमा मात्र नभएर युरोपेली मुलुकमा समेत श्रमिकहरु ठगिएका उजुरीहरु बढ्दै गएको छ।

हेर्नुहोस भिडियो