कस्तो अचम्म : जन्मजातै शरीर नचल्ने साहित्यकार दर्शनले नाकको साहारामा यसरी चलाउँछन् कम्प्युटर

दर्शन केसी एक बालकवि हुन्। उनले नेपाली तथा अंग्रेजी भाषामा कविता लेख्ने गरेका छन्। उनीसँग यस्तो अतभुत क्षमता छ जो सामान्य व्यक्तिको लागि असम्भव छ। आफ्नो हरेक कृति नाकको साहाराले कम्प्युटरमा टाईप गरेर लेख्ने गर्छन। तपाईलाई सुन्दा अचम्म लाग्छ तर उनी नाकबाटै टाईप गर्छन किन भने उनलाई जन्मजात देखि नै आंशिक मस्तिष्क पक्षघात भएको छ । जसका कारण उनी हात खुम्चाउन, बोल्न र हिडडुल गर्न सक्दैनन्।

शारीरिकरुपमा सबल नभए पनि प्रविधिमा भने उनी सामान्य व्यक्ति भन्दा धेरै अगाडी छन्। उनले आफ्ना भावहरु सबै नाकबाट कम्प्युटर, मोबाइलबाट टाईप गरेर व्यक्त गर्छन। उनी अंग्रेजी भाषामा पोख्त छन्। उनका अंग्रेजीभाषाका कबिता निकै गहन अर्थ बोकेको हुन्छ। उनको लेख्न निकै भास्ट भएकाले कतिपय शब्द आफुले पनि बुझ्न नसक्ने दर्शनकी फुपू सम्झना केसीले बताइन। उनले आफ्नो रचानाबाट ठुला ठुला पुरस्कार प्राप्त गरेका छन्।

दर्शन अहिले २१ बर्षका लागे। उनलाई बुबा एक्लैले लालनपालन गरिरहेका छन्। उनको शारीरिक अवस्था देखेर विक्षिप्त उनकी आमाले २०६३ मा आत्महत्या गरेपछि केसी बुवाको एकल स्याहारमा बानेश्वरको शान्तिनगरस्थित घरमा हुर्किरहेका छन् । सौतेनी आमाबाट खासै माया पाउन नसकेका केसी प्रतिकूल अवस्थामा, निर्माण मजदुरी गरेर परिवार धानिरहेका बुवा निरज केसीको छत्रछायामा बाँचिरहेका छन् । शुरुमा स्कुल गएर क, ख सिकेका केसी हाल घरैमा बसेर लेखपढ गर्छन्, र साहित्यमा रमाउँछन् । उनका धेरै रचनाहरु आफ्नो कम्प्युटरमै स्टोरेज गरेर राखिरहेका छन्।

हेर्नुहोस भिडियो