पत्रकारलाई आयो ज्यान मार्ने धम्की अपशब्द बोल्दै : ‘नेपाल फर्कने बित्तिकै तलाई मार्छु’ (भिडियो)

भक्तपुर प्राईम टाईम्स टेलिभिजनका सुदुरपश्चिम प्रदेश ब्युरो प्रमुख सुमन भट्टले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् ।
गत बिहीबार रिपोर्टर्स क्लब नेपालमा उनले पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक एवम् पुर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास प्रधानले सामाजिक सञ्जाल फेशबुकमार्फत ज्यान मार्ने धम्की दिएको बताएका छन्।

उनले भने,‘राष्ट्रिय टिमका कप्तान पारस खड्का र दीपेन्द्र ऐरीको साथमा अष्टे«लियामा हुनुहुन्छ, जनवरीको २१ तरेक स्वदेश फर्किने भन्नु भएको छ, स्वदेश फर्केको दिनमा तिम्रो जीवन समाप्त हुन्छ भनेर धम्कि दिनुभएको छ, कुनै लेनदेन र कुनै प्रकारको सहमति गर्नुथियो भनेपनि प्रशासन थियो, तर उहाँले मेरो ज्यान मार्ने धम्की दिनु कत्तिको शोभनीय कुरा हो ?’

आफूलाई प्रधानले तीन वर्षदेखि पैसा नदिएर काम गर्न लगाएको पनि उनले आरोप लगाए । उनले भने,‘उहाँले मलाई बिनासम्झौता चिफ अपरेटिङ अफिसरको पोष्ट दिएर काम लगाउनुभयो । कलेज प्रिमियर लिगको ६ लाख पैसा मैले लिनुपर्ने थियो । त्योपनि अहिलेसम्म पाएको छैन्, बाँकी पैसा माँग्दा भोलि, पर्सी भन्दै झुल्याउनुभयो, अहिले त्यही कुरालाई लिएर केको पैसा ? कस्तो पैसा भनेर उल्टै ज्यान मार्ने धम्की दिने काम भैरहेको छ ।’

हेर्नुहोस भिडियो