लोक दोहोरी क्षेत्रकी चर्चित ३ महिला मोडल बोल माया कि शान्ती श्री परियारको गीतमा -हेर्नुहोस

कमल सरगम -काठमाण्डौ -बोल माया गीतबाट चर्चामा आएकी एक प्रतिभासाली गायिका शान्ती श्री परियारको आवाजमा अर्को उत्कृष्ट लोक गीत “आमा”बजारमा आएको छ।सितल सिजन डिजिटलले बजारमा ल्याएको उक्त गीतमा नारीलाई गरिने अपहेलना र नारी माथी भएको गलत गतिविधिलाई बाहिर ल्याईएको छ भने आमाको मायालाई प्रतक्ष दर्शाईएको छ।

जीवन मल्ल ठकुरीको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा लय जिबन मल्ल ठकुरी र शब्द राज कुमार बगरको रहेको छ।चर्चित ३ मोडल सगुन साही,संचिता साही र सारिका केसीको दमदार अभिनय रहेको छ।कपिल लामाको निर्देशन र सुरेश श्रेष्ठको छायांकनमा तयार गीतको भिडियोको सम्पादन भने सुजन साहीले गरेका हुन् ।भिडियो सितल सिजन डिजिटल मार्फत बजारमा आएको छ।भिडियो हेर्नुहोस :