साउदीमा हुने सोनाम ल्होछारमा दमदार प्रस्तुती दिन पुगिन गायिका देशु गोले

स्कटनेपाल युके,

बेलायतलाइ कर्मथलो बनाएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै चर्चा बटुल्दै गरेकी गायिका हुन देशु गोले । पछिल्लो समयमा उनि समाजसेवीको काममा पनी तिव्र गतीमा अगाडी बढेकी छन्। उनि पहिलो पटक यहि आउँदो १८ जनवरी २०१९ मा साउदी अरबको रियाद स्थित एक्जिट १८ स्तराह्स्तराह् (कार्यक्रम स्थल) मा तामाङ् जातिको महान पर्ब (नयाँ बर्ष) फा ल्हो सोनाम ल्होछारमा सहभागी हुदै छिन।

उक्त कार्यक्रममा अतिथि कलाकार देशु गोलेको दमदार प्रस्तुती, स्थानीय कलाकार, गीत संगीत साथै नेपानी मौलिकता झल्कने किसिमका प्रस्तुतिहरु सेलो, म्हेन्दोमायाँ लगाएत नृत्य तथा अन्य बिबिध प्रस्तुतिहरु रहने उनले जानकारी गराइन।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको र यस फा ल्हो सोनाम ल्होछार प्रोग्रामलाइ भब्यताका साथ मनाईने जानकारी हामीलाई गराउनु भयो। यस कार्यक्रमलाई भब्य र सफल होस् भन्ने उद्देश्य राखी नेपाल इन्भेष्टमेन्ट बैंक पृथ्वी रेमिट ले मुख्य प्रायोजन गरेको छ भने डिएक्सएन ग्रुप रियादले सह प्रायोजन गर्नुका साथै अल तयार ट्राभल बथाले पनि प्रायोजन गरेको जानकारी गराउनु भयो।

त्यस्तै आयोजकहरुले त्यहाँ रहेका प्रवासी दाजुभाई तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागि भई कार्यक्रमलाई सफल पार्न र मनोरञ्जन लिन आग्रह समेत गरेको छ।