पशुपति खड्का भन्छन : जनता जागेमा एक हप्ता मै राजतन्त्र फर्किन्छ (हेर्नुहोस भिडियो सहित )

शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्का पछिल्ला दिनहरुमा देशव्यापीरुपमा शाही यूवा शक्तिको सदन विस्तारका कार्यक्रमहरुमा जुटिरहेका छन्। शाही युवा शक्ति २०६२\६३ साल पछाडी राष्ट्रिय अखण्डता, राजसंस्था र हिन्दु राष्ट्र हुनपर्छ भन्ने मुलभूत उद्दश्य लिएर बनेको संगठन हो।

युवा शक्ति नेपालले सम्पूर्ण जनताको सहभागिता गराई राजतन्त्र बारे छलफल गरी राजसंस्थालाई अघि बढाउने लक्ष्य रहेको अध्यक्षले बताए।

केहि दिन अघि पत्रकार सम्मलेन जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री भएकाे बताएका थिए। वर्तमान सरकार राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको उनले आरोप छ। विदेशीको चलखेलमा आएको व्यस्थाले देशलाई तहसनहस बनाउने उनको भनाई छ।

जनताको हितमा काम गर्छु भनेर बसेका प्रमुख दलका व्यक्तिहरु जनताको रगत चुसेर पुस्तौ पुलाई पुग्ने सम्पति कमाएर देश नै बेच्न लागि परेको उनको आरोप छ।

‘राजा भनेका हाम्रा भगवान हुन्। देशमा राजाको खाँचो छ। गणतन्त्रको औचित्य छैन आज राजसंस्थाको मात्रै औचित्य छ।’ ,उनले भने।

गणतन्त्र फाल्नु नै पृथ्वीनारयण शाहप्रति सच्चा सम्मान रहेको उनको भनाई छ। जनताले आफ्ना घरमा भएका हातहतियार लिएर विदेशी मतियार र गणतन्त्रबादीहरुलाई लखेटेर राजसंस्था कायम गर्नु जरुरी रहेको बताए। यदि जनता जागेको खण्डमा एकहप्ता मै राजसंस्था फर्किनेमा उनी विश्वत छन्। उनले सम्पूर्ण जनतालाई जाग्न आह्वान समेत् गरेका छन्।