बिष्णु माझीको कुरा गर्दा यस्तो भन्छन माइती भाइ !! उनको गाएक बन्ने यस्तो सपना !!

झण्डै डेढ दशकदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायिका विष्णु माझीले अहिलेसम्म हजारौं गीतमा आवाज दिएकी छिन् । उनको आवाज मन नपराउने र उनको आवाजको तारिफ नगर्नेहरु कमै भेटिन्छन् । प्रत्यक्ष रुपमा भेटेरै उनको खुलेर प्रशंसा गर्न चाहेनहरु पनि थुप्रै छन् । तर विष्णुले आफ्ना प्रशंसकहरुलाई अहिलेसम्म यो मौका दिन सकेकी छैनन् । उनी मात्र स्टुडियो र घरमा सिमित छन् । विष्णुको जीवनशैली अचम्मको छ । उनी आफ्नै पारामा स्टुडियो आउँछिन् । गीत गाउँछिन् अनि घर फर्किन्छिन् ।

उनी को सँग कसरी आउँछिन् र कसरी जान्छिन् त्यसको जानकारी पनि कसैलाई हुँदैन । उनले भेट भइरहने सहकर्मी साथीहरुलाई पनि मात्र हाई हेलो ! मा सिमित राखेकी छिन् । सुन्नमा आए अनुसार उनी कसैसँग फोटो खिच्न पनि राजी हुन्नन् । भेट हुँदा सेलिब्रेटीसँग सेल्फी लिन नचाहने कमै हुन्छन् । तर बिष्णुले आफ्ना प्रशंसक र साथीहरुलाई यो मौका पनि दिन सकेकी छैनन् ।

लोकगीत संगितकर्मीहरुसँग पनि खासै घुलमिल भएको पाइँदैन । लोकगीतमा दशकौँ बिताएका र उनीसँग काम गरिसकेकाहरुसँग उनको बारेमा बुझ्न खोज्दा पनि केही जानकारी निकाल्न सकिन्न । पछिल्लो समय बिष्णु माझीले गायक तथा संकलक सुन्दरमणी अधिकारीसँग विवाह गरेर आफ्नो परिचय फेरिसकेकी छिन् । तर उनको जीवशैली भने फेरिएको छैन ।

उनी विवाह हुनुभन्दा पहिले पनि पछ्यौरीले मुख छोपेर हिँड्थिन् र अहिले पनि । आज भन्दा पाँच वर्ष पहिले सुन्दर र विष्णुको विवाह भएको हो । तर उनीहरुको विवाह कहाँ र कसरी भयो त्यस बारेमा पनि जानकारी छैन । विष्णु र सुन्दर विवाह अघि लिभङ टुगेदर (सँगै बस्थे) सम्बन्धमा थिए ।

बेलाबखतमा सुन्दरले नै विष्णु माझीलाई बन्दी बनाएका खबरहरु सुन्नमा आउँछन् । तर यी खबरहरु पुष्टि भने हुन सकेका छैनन् ।

विष्णुले स्टेज कार्यक्रमहरुमा प्रस्तुती पनि दिन्नन् । नत उनी मिडियासँगै कुरा गर्छिन् । उनले आफूलाई सामाजिक नगर्नुको कारण केहीले उनको शिक्षा भएको पनि बताउँछन् । उनी मात्र साक्षर छन् । उनले मात्र स्टुडियो गायिकाको रुपमा काम गरिरहेकी छिन् ।

याम बहादुर नेपाली पनि संगीत क्षेत्रमा अगाडी बढ्न चाहाना लिएर अगाडी बढिरहेका छन् । उनले अहिले सम्म दुइ ओटा गीतहरु रेकर्ड गरिसकेका र एउटा गीतको भिडियो भने सार्बजनिक भैसकेको बताएका छन् । उनि २०७३ सालमा गण्डकी तारा पनि भएका थिए । प्रसङ्ग अनुसार विष्णुको माइत गाउका भाई
याम बहादुर नेपाली संग २/४ ओटा प्रस्न गर्ने जमर्को गर्यौ तर उनलाई पनि भित्रि कुरा थाहा नभएको बताएका छन् ।

हेर्नुहोस बिष्णु माझीको कुरा गर्दा यस्तो भन्छन माइती भाइ !! उनको गाएक बन्ने यस्तो सपना !!