जनताको भगवान पत्रकार रबि लामिछानेले ल्याएको एक अदभुत बालक अविरल पोख्रेलको आयो यस्तो गीत-जो कोहि रुनेछन (भिडियो)

कमल सरगम- काठमाडौं,न्युज २४ टेलिभिजनमा हरेक नेपाली जनताका मन मुटुमा बस्न सफल कुशल पत्रकार रबि लामिछाने द्वारा संचालित कार्यक्रम सिधा कुरा जनता संग को २५० औ भागमा लाइभ आए पछि भाईरल भएका यी हुन् अध्भुत बालक अविरल पोखरेल । २०६४ साल मंशिर १० गतेका दिन, आमा गङ्गा कोइराला पोखरेल र बाबु कमल प्रसाद पोखरेलको कान्छो सुपुत्र साथै हजुरआमा तारादेवी पोखरेल अनि हजुरबुवा हरिप्रसाद पोखरेल को कान्छो नातिको रुपमा राइपुर -६ खोलाखेत तनहुमा जन्मिएका अविरल हाल भने बाडगङ्गा – ४ सिध्दिपुर, कपिल्बस्तूमा बस्दै आइरहेका छन्।

चर्चित म्युजिक एरेन्जर बिनोद बाजुरालीको एरेन्ज , लय तथा शब्द सिर्जनामा तयार गरी अबिरल पोखरेलले गीत गाएका छन भने निर्देशन डिआर सुजन ले गर्नु भयको छ । स्टुडियो मालश्रीमा राजेन्द्र बाजुरालीले निक्कै मेहनतका साथ् रेकर्ड गरेका हुन भने खडक बाजुरालिले मिक्सिङ गरेको गीत लाई शुभारम्भ डिजिटल म्युजिकले बजार ब्यबस्थापना गरेको छ ।
होराइजन अंग्रेजी आबासिय माध्यमिक बिद्यालयमा कक्षा ६ – मा अध्यायनरत अविरल सानै देखिनै निकै जिज्ञासु स्वभाब् का थिए। हरेक समस्याको आफै सामाधान गर्न खोज्ने अविरल,बोल्दा पनि पाको मान्छेले जस्तै गरि आफ्ना तर्कहरु राख्दथे। हुने बिरुवाको चिल्लो पात भने झैँ, उनि सानै बाट नै एक पटक भनेको र पढेको कुरा छिट्टै सम्झिने,निकै मिलनसार अनि साना देखि ठुला ब्याक्तित्वो सम्म सबै सग माया लाग्दो तरिकाले प्रस्तुत हुन्थे।

बिध्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापमा नछुटाई भाग लिने अविरलले जहिले पनि आफ्नो उमेर सरहका अन्य व्यक्तिहरुले गर्न नसक्ने खालका फरक बौदिक कामहरु गर्ने गर्दथे। बुझ्ने भएदेखि साहित्तिक जगतमा रमाउन खोज्ने अविरल बेला बेला मन छुने लयमा कबिताहरु बाचन गरेर सबैलाई चकित पार्दछन।
युट्युब मार्फत हरेक जानकारी बटुलेर विभिन्न सामाग्री जस्तै :पंखा ,खेलाउने गाडी लगायतका थुप्रै सामाग्री बनाउने अविरल भबिस्यमा सफ़्टोय़र इन्जिनियर भन्ने चाहना राख्छन। नहेरिकन नै विभिन्न रंग ,परिचित व्यक्तिहरुका फोटा र जुनसुकै अँक तथा अक्षर चिनेर दुनियालाइ नै चकित पार्ने अविरल एक अदभुत शक्ति भएका बालकका रुपमा चिरपरिचित छन् । अधिकाम्स नेपाली मनले चिनेका अविरलको अदभुत शक्ति देखेर, ताइवान र चिन् बाट डकुमेन्ट्री निर्माण गर्नको लागि, सुप्रिम मास्टर टिभी मार्फत प्रतिनिधि हरु आउनु भएको थियो। अविरलको लागि मात्रै नेपाल र नेपालिको गौरब यो डकुमेन्ट्री विस्वका ६० वटा भासाहरुमा अनुबाद हुदै प्रसारण हुनेछ भने नेपालमा सुबिसु केबल नेट द्वारा टेलिभिजनहरुमा देखाइने छ. यिनै हुन् नेपाल र नेपालीको शान अविरल पोखरेल ।
(हेर्नुहोस्)