घर-घर मा एन आर एन ए पुराउने पौडेलको दाबी

स्कटनेपाल युके,

एन आर एन ए राज्य समन्वय परिषद इङ्गलैन्ड तदर्थ समिती संयोजकका आकांक्षी ब्यबसायी कृष्ण पौडेलले आफुले संयोजक पाएको खन्डमा पुर्णकालिन काम एन आर एन ए राज्य परिषदमा गर्ने र एक बर्ष भित्रमा अधिबेसन गराई जिम्मेबारी हस्तान्तरण गर्ने बताएका छन। स्कट नेपाल बेलायतका प्रबन्ध निर्देशक टिका अधिकारी सँग कुरा गर्दे पौडेलले एक बर्षको समयमा कम्तिमा इङ्गलैन्डमा मात्रै बिस हजार सदस्य बनाउने बताए। प्रत्यक इङ्लैन्ड बासी नेपालीको घर घरमा गै अहिलेको समयमा एन आर एन ए को भुमिकाको बारेमा नबुझेका लाई बुझाउने र सदस्य बनाउने आफ्नो मुलमन्त्र भएको जनाए।

एन आर एन को हालको नारा एक पटकको नेपाली सधैको नेपालीको बारेमा प्रश्न गर्दा पौडेलले यो नारा सान्दर्भिक भएको र कोही पनी एन आर एन रुचिले नभई बाध्यताले भएको र नेपाल सरकारले एक नेपाली लाई दिने अधिकार हुबहु एन आर एन लाई पनी दिनु पर्ने नेपाल सरकार संग माग गर्न राज्य समितीको तर्फ बाट एन आर एन युके लाई आग्रह गर्ने बताए।
तदर्थ सभितीको मुख्य कामनै एन आर एन ए राज्य समिती इङ्गलैन्डको अधिबेसन गराउने भएको हुदाँ आफ्नो मुलकामनै समयभित्र अधिबेसन गराउने बताए।

जिम्मेबारी पाउने या नपाउने भन्ने प्रश्नको सबालमा एन आर एन युकेले योग्य, नयाँ र भिजन भएका लाईनै जिम्मेबारी दिनेमा आफु ढुक्क भएको र यदि जिम्मेबारी नपाएको खन्डमा संस्था लाई तथानाम गाली गरी संस्था र पदाधिकारीको हुर्मत लिने काम आफु बाट नहुने र तदर्थ समितीका अध्यक्ष लाई पुर्णरुपले सहयोग गर्ने जानकारी गराए।
सबैको तारिफ गर्ने ब्यबसायी पौडेलले यो शांक्षतकारको समय समन्वय समितीका अरु आकांक्षीको नाम लिदाँ सबैलाई सम्मानित र प्रसंसनिय शब्द प्रयोग गरेको सुन्दा एन आर एन युकेले यो ब्यक्तित्व लाई छोडन नहुने निश्कर्ष निकाल्न स्कट नेपाल बाध्य भएको महसुस गरेको छ।