२ करोड दर्शकले हेरेको सालको पात गीतका संगीतसंयोजक आशिष अविरलले ल्याए सालको पातलाई टक्कर दिने गीत (भिडियो)

कमल सरगम। नेपाली सुगम तथा लोक संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित सन्गितकार तथा गायक आशिष अविरल र पुजा न्यौपानेको आवाजमा पुजा न्यौपानेको उत्कृष्ट गीत’मर्जी होस्’बजारमा आएको छ।

केहि समय अगडी युटुबमा अत्याधिक भाइरल गीत ‘सालको पातको’का संगीत एरेन्जर समेत रहेका अविरलले सृजना गरेका धेरै गीतहरु करोड भन्दा बढी दर्शकले हेरेको त् अबगतनै छ यसैलाई मध्यनजर गर्दै अविरलले अर्को उत्कृष्ट सृजना आफ्नै युटुब आशिष अविरल मार्दत बजारमा ल्याएका हुन्।चर्चित गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द र आशिष अविरलकै संगीत रहेको गीत अहिले युटुबमा चर्चामा रहेको छ।

गीतमा बुगीबुगीबाट प्रथम हुन् सफल प्रगति पुन मगर र क्रिष्टल क्लज डान्स क्र्युको टिम भित्रका संदेश जंग राना सहितको अभिनयमा महँगो लगानीमा उक्त भिडियो निर्माण भएको छ। संदेश जंगको निर्देशन र प्रगति पुन र संदेश जंगकै कोरियोग्राफ रहेको भिडियोको छायांकन भने बिशाल तामाङ्गको रहेको छ। भिडियो हेर्नुहोस :