नायक अनमोल केसी ‘ए मेरो हजुर ३’ को छायांकनको लागि अमेरिकामा आए पुगे

विजय थापा, निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आई पुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा ,अभिनेत्री ,निर्मात्री तथा यस चलचित्र कि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए ।

संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाँकन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो समय सम्म चलचित्र उद्योगमा काम गरि सक्नु भएकी अग्रज झरना थापा संग काम गर्न निकै सहज भएको बताए ।

साथै आफूले मेहनत साथ काम गरि रहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मन पराउनु हुने सबैलाई माया गरि दिनु हुन् अनुरोध समेत गरेका छन् । यसै गरि प्रथम चलचित्र खेल्ने अवसर पाएकी निर्माता सुनिल कुमार थापा तथा निर्देशक झरना थापा कि सुपुत्री सुहाना थापाले अमेरिकामा छायाँकन गर्न पाउदा निकै उत्साहित भएको बताइन । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका छ ।

चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नव नायिका सुहाना थापा केही दिन अगाडि अमेरिका आएका हुन् ।

साथै अनमोल संग काम गर्न पाउदा भाग्यमानी रहेको भन्दै अहिले सम्म भएको काममा आफू सन्तुष्ट भएको बताईन । यसै गरि निर्देशक झरना थापाले अमेरिकाको डीसी क्षेत्र ,न्यू योर्क तथा मायामीमा चलचित्रको अन्तिम छायाँकन गरिने बताइन । उनले अगाडी भनिन ,चलचित्रलाई चैत्र २९ गतेबाट प्रदर्शन गर्ने लक्ष्य रहको बताउदै आउने चलचित्रलाई पहिला जस्तै माया गरि दिनु हुन् सबै दर्शकलाई अनुरोध गरेकी छिन् ।

निर्माता सुनिल कुमार थापाले अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताउदै यो चलचित्र समय मै प्रदर्शन गर्ने बताए । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले निकै चर्चामा छ । चलचित्रको प्रेम प्रसँग युक्त (रोमान्टिक) गीतका केही तस्बिरहरु सार्वजनिक गरेको छ ।