इशाको अभियानमा रु १९ लाख भन्दा बढी उठी सकेको : बन्दै छ राष्कोट अस्पताल (भिडियो सहित)

स्कटनेपाल युके ।

चर्चित समाजसेवी इशा गुरुङले हालसम्म करोडौ रुपैया दुखी: पिडितलाई सहयोगको पहल गरि सक्नु भएको छ । इशा भनेपछि हजारौ सहयोगी मनहरुले दिल खोलेर सहयोगको हात बढाउने गरेको सर्बबिदितै छ । बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । अब त इशालाई दिएको पैसा पिडितको हातमा पुग्छ भन्ने सबैलाई विस्वास भइसकेको अवस्था छ ।

चर्चित नेपाली चेली इशा गुरुङ अर्का चर्चित पत्रकार रबि लामिछानेको समर्थक पनि हुन् ।
तर उहा रविको व्यक्तिगत जीवनको हैन, रबिले अहिले समाजको लागी निभाएको भूमिकाको चाहि समर्थक हुन् । अहिले रबि र उहाको टिमले राष्कोट अस्पतालको निर्माणको लागी अपिल गरे लगतै संसार भरी बाट सहयोगी मन हरु जुटी रहेको देखिन्छ र यसै संदर्बमा इशा गुरुङ पनि लागी परेकी छन् र उहाले अहिले सम्म १९ लाख भन्दा बढी रकम सहयोगी मन हरु बाट संकलन गर्न सफल भएकी छन् । पुरा बिस्तृत जानकारी इशा लाइभ आएर स्पष्टिकरण दिएकी छन् ।

हेर्नुहोस भिडियो :