प्रज्ञा परिषद् सदस्य नियुक्तिमा ‘नेपाल चलचित्र नृत्य संघ’को आपत्ति

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तिमा सम्बन्धित कुनै एक क्षेत्रलाई पूर्णतया अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ ।

संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नुमा आपत्ति जनाएको हो । यस्तो कार्यले समग्र नृत्यकर्मीहरुको मनोवल गिराउने काम गरेको जनाइएको छ ।

‘जुन क्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्था हो, सो संस्थामा विज्ञहरुको नियुक्ति हुनुको साटो आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न चम्चा प्रवृतिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन सक्दैन’, बिज्ञप्तिमा लेखिएको छ ।

संघका अध्यक्ष वसन्त श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा प्रतिष्ठानले तत्काल कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुन: नियुक्तिको माग समेत गरेको छ ।

सही ठाउँमा सही ब्यक्तिको चयनको अत्यन्तै ठुलो महत्व रहने र कुलमान घिसिङ यस्को लागि ज्वलन्त उदाहरण भएकोले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानको एउटा महत्वपूर्ण पाटो नृत्य क्षेत्रबाट एउटै पनि विज्ञलाई समाबेश नगरी पूर्णत: बेवास्ता गरिनुलाई न्याय गरिएको भन्न नमिल्ने र सामान्यत यसबाट राम्रो परिणामको अपेक्षा गरिन नसकिने कुरा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले चर्चित नायिका स्वेता खडकासंग गरिएको एक टेलिफोन बार्ताका क्रममा यस किसिमको असन्तुलित नियुक्तिको सम्बन्धमा प्रतिकृया दिनु भएको छ ।