अरुकै गल्तिले गर्दा कृष्ण ओलीले २ हात र खुट्टा गुमाए , मिलवालाले बिजुली खोलेपछि कृष्णको हालत यस्तो बन्यो (भिडियो सहित)

झापा । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे । धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका । ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे । वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए ।

जीवनसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन । आफूले कष्ट गरेर, हड्डी घोटेर पनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको । केही वर्ष सानोभेरी गाउँपालिका-९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए । रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे । यति लोभलाग्दो दैनिकी र आशालाग्दो भविष्य सबैसामु देखाएका थिए उनीहरुले । कसरि करेन्ट लाग्यो कृष्णलाइ ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।