सिड्नी निवासी इस्वर पोखरेलद्धारा पुरै नेपालीपनामा “कति राम्री” गीत रिलिज

अष्ट्रेलियामा २००९ देखि बस्दै आएका गायक इस्वर पोखरेलद्धारा “कति राम्री” बोलको आफ्नो पछिल्लो गीत पुरै नेपालीपनामा ढालेर रिलिज गरेका छन । एक नारायण भण्डारीको शब्द र आशिष अबिरलको संगीत रहेको यो गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ भने रविन भुजेल र सारा श्रीपालीको अभिनय रहेको छ । यो गीतमा नेपाली ठिटोस समूहले साथ दिएको छ । “कति राम्री” गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग आफ्नी प्रेमिकालाई दाँज्ने कोशिस गरिएको छ ।

पोखरेलका करीब २ दर्जनभन्दा बढी गीत रेकर्ड भैसकेका छन भने बिगतमा उन्का २ सोलो अल्बमहरु “शीतल” र “अराइज” छन । अष्ट्रेलियाबाट २ बर्ष अगाडि रिलिज गरिएको सामूहिक गिति अल्बम “उडान” मा पनि गायक पोखरेलको संलग्नता थियो । बिदेशमा रहेरै पनि गीत संगीतमा उनी निरन्तर सक्रिय हुँदै आइरहेका छन ।

रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झै मर्नेबारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि आदि श्रोताले अत्यधिक मन पराएका उन्का गीतहरुमध्येका केही गीतहरु हुन ।

कलाकारहरुको अन्तराष्ट्रिय संस्था “अन्तरास्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया (ईनास)” को दोश्रो कार्यकालमा अध्यक्ष र हाल सल्लाहाकारको रुपमा कृयाशिल पोखरेलले अष्ट्रेलियामा धेरै सांगीतिक कार्यक्रममा प्रस्तुति दिने र बिभिन्न सांगितिक कार्यक्रम पनि आयोजना गर्ने गरेका छन । समयले भ्याएसम्म समाज सेवा पनि उनी सकृय हुने गरेका छन ।

https://www.youtube.com/watch?v=6-2g0ITcWU4